वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न नहुँदा महाकाली कोरीडोर निर्माण कार्य प्रभाबित

Posted on: 12 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी/पुस २८, दार्चुला । नेपाल सरकारको प्राथमिकतामा रहेको महाकाली कोरीडोर निर्माण कार्य अन्तरगत दार्चुला बैतडि र डडेल्धुरामा निमार्णकार्य प्रभाबित भएको छ । 

कञ्चनपुरमा काम गर्नकोलागी चालु आर्थीक बर्षमा ठेक्का नै भएको छैन । कञ्चनपुरको ब्रह्रमदेबदेखि दार्चुलाको खलंगा सम्मको २९१ किलोमिटर क्षेत्रमा सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) हालसम्मपनि सम्पन्न नहुँदा निर्माण कार्य प्रभाबित भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताउनुभयो ।


चालु आर्थीक बर्षमा काम गर्नकालागी  ठेक्का सम्झौता भएको ८८ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडकमा बन क्षेत्र परेको छ । बाकी ६२ किलोमिटर खालि क्षेत्र भएपनि सडकको बिचमा ठाउँठाउँमा बनक्षेत्र परेकाले निमार्णकार्यमा अबरुद्धता भइरहेको निमार्ण कार्यमा संलग्न ठेकेदारहरुले गुनासो गरेका छन । 

यस्तै दार्चुलादेखि तिंकर सम्मको १३५ किलोमिटर सडकखण्डमा निर्माण कार्य भईरहेको भएपनि विस्फोटक पदार्थ (जिलेटिन)को अभावमा काम गर्न समस्या भएको छ । 

अहिले बैतडि जिल्लामा ४ मेसीन र दार्चुलाको श्रीबगड क्षेत्रमा १ मेसिनले काम गरीरहेको छ । भने सलसिनादेखी सर्मोलीसम्म १० किलोमिटर सर्बेकार्य अन्तीम चरणमा भएकाले उक्त सडक खन्नकोलागी सलसिनामा एउटा स्काभेटर मेसीन राखीएको दार्चुला तिकंर सडकका इन्जीनियर दिनेश रैखोलाले बताउँनुभयो ।

कञ्चनपुरको बह्रमदेवदेखि डडेल्धुरासम्म सडक निर्माणका लागि ठेक्का नै हुन सकेको छैन् । भने डडेल्धुरामा काम नै हुनसकेको छैन । वातावरणीय प्रभाव मूल्यांकन नहुँदा सडक निर्माणको ठेक्का हुन नसकेको हो । 

ठेक्का भएर काम सुरु गरिएको डडेल्धुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगलपरेपछि सडक निर्माण कार्यमा अबरोध शृजना भएको हो । ठेकेदारहरुले बैकल्पीक मार्गको खोजी गरेर मेसिनहरु बनक्षेत्र कटाएर काम गर्नुपर्ने बाध्यता आएको गुनासो गरेका छन । 


यता बैतडीको त्रिपुरासुन्दरीदेखि १० किलोमिटर ट्रयाक खोलिएको भएपनि यसपछि जंगल क्षेत्र पर्ने भएकाले निर्माण कार्य रोक्नुपर्ने समस्या देखीएको दार्चुला तिकंर सडक योजनाले जनाएको छ  । 

महाकाली कोरीडोरको वातावरणीय प्रभाव मूल्यांकन नभएकाले बन क्षेत्रमा निर्माण कार्य रोकिएको योजनाका प्रमुख शाहले बताउनुभयो । राजमार्गको वातावरणीय प्रभाव मूल्यांकन नगरेर काम गर्न नमिल्ने भएकाले काम बन क्षेत्रमा काम रोकीएको हो । 

चालु आथीक बर्षमा काम गर्ने भनेर दार्चुला जिल्लामा ३४ किलोमिटर, बैतडिमा ३९ किलोमिटर र डडेल्धुरामा १७ किलोमिटरमा ठेक्का सम्झौता भएको छ ।

महाकाली कोरीडोरको वातावरणीय प्रभाब मूल्यांकनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय प्रस्तुति हुन बाकी भएकाले सुझाब सहित अन्तीम रिपोर्ट आउँन अझै दुइ महिना लाग्नसक्ने योजना प्रमुख शाहको भनाई छ । महाकाली नदीको किनारैकिनार कञ्चनपुरदेखि निर्माण कार्य सुरु भएको महाकाली कोरीडोरको निर्माण कार्य इआएको अभावमा रोकिएको हो । 

यता दार्चुलाको दार्चुला सदरमुकामदेखि उत्तरी चीन सम्मको नाका जोड्ने दार्चुला तिकंर सडक निर्माण कार्य सुरु भएको ८ बर्षमा २२ किलोमिटरसम्म मात्रै जिप गुड्ने भएको छ । बिचमा परेको बिजयपुर भिर छोडेर अगाडी ४८ किलोमिटर सम्म ट्रयाक खुलाइएको छ ।

 बिजयपुर भिरमा ६० मिटरजति कडा चट्टनी भागमा ट्रयाक खुलाउँन सके सुनसेरासम्म पुरै सडकको ट्र्याक खुल्ने छ । समग्रमा महाकाली करीडोरको वातावरणिय मुल्याङकन हुन नसक्दा काममा सुस्तता आएको योजना प्रमुख शाहले बताउँनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!