बैतडीका तीन ग्रामीण सडक कालोपत्र हुँदै, कुन कुन-परे ?

Posted on: 12 Jan, 2018

पुस २८, बैतडी । जिल्लामा चालू आर्थिक वर्षमा तीनवटा सडकमा कालोपत्र गर्न थालिएको छ । 

जिल्लाको पाटन–पञ्चेश्वर, उग्रतारा मेलौली, सिल्लेगाडा–कटौजपानी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भई कालोपत्र गर्ने कार्य शुरु भएको डिभिजन सडक कार्यालयका सवइन्जिनियर धर्मराज भट्टराईले जानकारी दिनुभयो । 

पाटन–पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाडदेखि मेलौलीसम्मको सडक कालेपत्र हुने भएको छ । 

यस्तै उग्रतारा मेलौली सडकको आठ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने सिल्लेगडा कटौजपानी सडकको आठ किमीसम्म कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भई काम अघि बढेको छ । 

सवइन्जिनियर भट्टराईले भन्नुभयो, “ती सडकमा गत आवमै बजेट विनिनियोजन भएकाले कालोपत्र गर्ने काम भइरहेको हो ।” 

पछिल्लो समयमा ग्रामीण क्षेत्रमा पनि सडकको पहुँच बढेपनि सडक धुलाम्य हुँदा केही सास्ती भोग्नु परिरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!