बहुप्रतिक्षित चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रशारणमा जोडियो

Posted on: 13 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी/पुस २८, दार्चुला । दार्चुलाको शैल्यसिखर नगरपालीका १ बलाचँमा निमार्ण भएको चमेलिया जलविद्युत आयोजनाले शुक्रबारदेखी १५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडेको छ । 

२ युनिट रहेको ३० मेगावाट क्षमताको यो आयोजनाको एक युनिट अर्थात १५ मेगावाट विजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिएको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो । आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिम्प्रोनाई गरेको आयोजना प्रमुख दहालले बताउँनुभयो ।


आयोजनाले २३ नोभेम्बरबाट १३२ केभि प्रशारण लाईन चार्ज गरेको थियो भने जनवरी १४ देखि १७ सम्म लोड रिजेक्सन टेस्ट गर्ने प्रमुख दहालले जानकारी दिनुभयो ।

आयोजनाले पिक आवरमा चाँडै नै राष्टिय प्रसारणलाई विद्युत दिने तयारी समेत गरेको छ । तालिका अनुसार जनवरी १८ देखि पिक आवरमा प्रसारणलाईनमा विद्युत दिइने समय तोकिएको भएपनि आयोजनाले जनवरी १४ बाटै पिक आवरमा विद्युत उपलब्ध गराउने आयोजना प्रमुख दहालले बताउनु भयो ।

सेनाले छोडेसंगै आयोजना सुरक्षार्थ सशस्त्र आयो 

चमेलिया जलबिद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेना शुक्रबारदेखी व्यारेक फर्किएको छ । सुरक्षार्थ खटिएको ३५ जना नेपाली सेना फर्किए पछि आयोजनाको सुरक्षा गर्न सशस्त्र प्रहरी बल खटिई आएको छ ।

आयोजनाको सुरक्षार्थ खटिने कार्यादेश पूरा भएकाले सेना व्यारेक फर्किएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सन्तोष गुरुङले जानकारी दिनुभयो ।


चमेलिया आयोजनाको सुरक्षार्थ नेपाली सेनाका सहायक सेनानी ऋषिराम न्यौपानेको नेतृत्वमा खटिएको टोलि फर्किएपछि आजै सशस्त्र प्रहरी बलका डिएसपी श्याममणी ढकालको नेतृत्वमा सशस्त्रको ५० जनाको टोली चमेलिया पुगेको हो । सशस्त्रको उक्त टोली वैद्यनाथ बाहिनी अत्तरियाबाट खटिई आएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!