महोत्तरीमा आगलागी हुँदा पाँच लाखको क्षति

Posted on: 18 Jan, 2018

माघ ४, महोत्तरी । महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । 

मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स)मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । 

मंगलबार राति आगलागी हुँदा चारवटा सिलाइ मेसिन र एक थान ज ६ प ८३०२ नंको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

पसलको बाहिरपट्टि घुर बालेको देखिएकाले घुरबाट नै आगो लागेको हुनसक्ने अनुमान रहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!