स्थानिय निकायमा बैङ्क नहुँदा स्थानिय सदरमुकाम धाउन बाध्य

Posted on: 20 Jan, 2018

दान बहादुर बुढा/माघ ६, मुगु । बिकट हिमाली जिल्ला मुगुमा नयाँ स्थानिय संरचना अनुसार एकबटा नगरपालिका र तिन बटा गाँउ पालिका स्थापना भएता पनि स्थानिय गाउँ पालिकामा बैकिङ्ग कारोवार सँन्चालन नभएपछि स्थानियबासीहरु सदरमुकाम गमगढी बजार धाउन बाध्य भएका छन ।

स्थानिय सरकारको गठन भईसकेको लामो समय हुदापनि सिंहदरवारको सेवा गाउँगाउँ बस्तिमा पुग्र्ने भनेको नारा र कुरामा सिमित भएको स्थानिय बासीहरुले बताएका छन ।

मुगमकामारोङ्ग गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिकामा बैक नहुँदा आ.व २०७४।०७५ सालका बिकास निमाणका योजना तथा गाउँपालिकाका कर्मचारीहरुको तलवको लागी समेत सदरमुकाम गमगढी धाउनु परेको खत्याड गाउँपालिकाका कार्याकारी प्रशासकिय अधिकृत मणी चन्द्र कार्कीले बताएका छन  ।

मुगम कामारोङ्ग गाउपालिकाका बडा नम्बर ८ का स्थानिय बासी छिमेतोति लामा भन्छ स्थानिय सरकार गठा भएको धेरै समय भएको छ । सिहदरबारको अधिकार गाउँमा आएको छ सरकारी नारमा मात्र सिमति छ , हामी मुगम कामारोङ्ग गाउ पालिकाका स्थानिय बासीहरुलाई बैक नहुला सारै गारो भएको छ । ५ हजारको काम गर्न ८ र १० हजार खर्च गनु पर्छ समस्था उही पुरानै भएको बताउन्छन । 

यस्तै दुख खत्याड गाउँपालिका बडानम्बर ६का स्थानिय बासी धिरीन्द्र शाहीको छ खत्याड गाउपालिकामा बैक को ब्यावस्था नहुदा सारै गारो भएको छ ब्यापारी ,बिद्यार्थिहरुलाई निकै गारो भएको छ , २,३, दिन लगाएर सदरमुकाम गमगढी मा बैक सम्बन्धि काम गर्न अनिवार आउनु पर्न दुख कायमै रहेको बताउन्छन । 

जिल्ला सदरमुकाम गमगढीमा एक मात्र राट्रिय वाणिज्य बैक छ ।तेसैमा पनि घण्टै लाईनमा कुरेर काम गनु पर्ने समस्या छ जुन सरकारको जस्ते निति आए पनि लाईनमा कुरेर बस्नु प्रर्ने मुगालि जनताहरुको गुनासो रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!