आन्तरिक राजश्व कार्यालय झापाको राजश्व असुलीमा बृद्धि

Posted on: 24 Jan, 2018

माघ १०, भद्रपुर | आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आवको पहिलो छ महिनामा रु एक अर्ब १५ करोड ४० लाख ५५ हजार राजश्व संकलन गरेको छ । 

रु एक अर्ब ११ करोड ४१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले उक्त अवधिमा रु चार करोड बढी राजश्व संकलन गर्न सफल भएको हो । 

मेची अञ्चलभित्र रहेका करदाता सेवा कार्यालय इलाम र दमकसहितका कार्यालयबाट विभिन्न शीर्षकमा संकलित उक्त रकममध्ये आयकरतर्फ रु ४९ करोड २४ लाख ८२ हजार, बहाल करतर्फ रु चार करोड ८२ लाख ८८ हजार र ब्याज करतर्फ रु चार करोड ६९ लाख ५२ हजार रहेका छन् । 

त्यस्तै, मूल्यअभिवृद्धि करतर्फ रु ३७ करोड ३८ लाख ९६ हजार, अन्त शुल्कतर्फ रु १४ करोड ८१ लख ६४ हजार, स्वस्थ्य सेवा शुल्क रु ३३ करोड आठ लाख ५० हजार र शिक्षा सेवा शुल्कबाट रु १० करोड ४२ लाख तीन हजार राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो । 

कार्यालयलाई आव २०७४÷७५ मा रु दुई अर्ब तीन करोड राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको जनाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!