एनएमबि बैंकले दियो १ लाखको खातावालालाई ५ लाख राहत

Posted on: 25 Jan, 2018

प्रेम सुनार/माघ ११, गुल्मी । केहि महिना अघि सडक दुर्घटनमा परी मृत्यु भएका गुल्मीका एक जना व्यक्तिाका परिवारलाई एनएमबि बैंक गुल्मी शाखाले मृतकको खातामा रहेको १ लाख रुपैयाँको ५ गुना  बढि रकम अर्थात ५ लाख रुपैयाँ उनका परिवारजनलाई प्रदान गरेको छ । 

गत कार्तिक ७ गते रेसुङ्गा नगरपालिकाकै भंगेरी भन्ने स्थानमा सडक दुर्घटनामा परी मृत्यु भएका सोही नगरपालिका वडा नम्वर ३  भाडगाउँका वावुराम पन्थीका परिवारजनलाई सो वैंकका क्षेत्रिय प्रमुख डिविल विक्रम शाहले रु ५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।  पन्थी १८ वर्ष देखि तम्घासको अजुर्न आवसीय माध्यामिक विद्यालयमा लेखा अधिकृतका रुपमा कार्यरत थिए ।


 उनले एनएमबि बैंकको ग्राहक सुविधा कार्यक्रम अन्तरगत १ लाख रुपैयाँको कर्मचारी बचत खाता खोलेका थिए । उक्त खाता खोल्दा सो बैंकले मृत्यु भएमा बचत रकमको पाँच गुना बढि दिने गरे अनुसार मृतक पन्थीका परिवारजनलाई त्यसको पाँच गुना रकम राहत प्रदान गरिएको सो बैंकका गुल्मी शाखा प्रबन्धक भुवन पाण्डेले बताए । 

उक्त रकमको चेक एनएमबि बैकका क्षेत्रिय प्रमुख डिबिल विक्रम शाहले अजुन आवसिय माध्यामिक  विद्यालयमा  पुगेर मृतककी श्रीमति पवित्रा पन्थीलाई हस्तान्तरण गरेका थिए ।  

सो बैंकले यस्तो राहत कार्यक्रमका अलवा सरल बचत खाता,  ५.५ प्रतिशत व्याज, मोवाईल र ईन्टरनेट सुविधा, ५ हजार वराररको खाता खोल्नेलाई चाँदीको सिक्का उपहार , सुन्य मौजायातमा खाता खोल्ने र ५ लाख बराबरको दुर्घटना विमा जस्ता ग्राहक सुविधाहरु   प्रदान गर्दै आएको छ । 

रकम हस्तान्तरण गर्दै शाखा प्रमुख पाण्डेले परिवारजनको वियोगको घाउमा मलम लगाउने प्रयास स्वरुप उक्त राहत प्रदान गरिएको बताए । 

क्षेत्रिय प्रमुख शाहले पनि सोही धारणा दोहराएका थिए । १८ वर्ष सम्म पन्थी संगै काम गरेका अजुर्न आवसिय माध्यामिक विद्यालयका प्रिन्सिपल सुर्य उपाध्याले पन्थीलाई गुमाउँदाको पिडा व्यक्त गर्ने क्रममा गला अवरुद्ध पार्दै सो बैंकलाई धन्यवाद दिए ।

पन्थीकी श्रीमतिले पनि गला अवरुद्ध पार्दै बैंक प्रति कृतज्ञता जाहेर गरिन ।  संयोग दुर्घटनामा परी मृत्यु हुनको एक महिना अघि मात्र  पन्थीले उक्त शिर्षकको खाता खोलेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!