रोल्पाको घर्तीगाउँबाट झिनुवामा पहिलो पटक गाडी पुग्दै, स्थानीय खुशी

Posted on: 27 Jan, 2018

माघ १३, रोल्पा । रोल्पा जिल्ला माडि गाउँपालिका १ झिनुवामा पहिलो पटक यातायातका साधानहरु पुग्ने भएका छन् । 

माडी गाउँपाकिाको करिव ५५ लाखले निर्माण कार्य सम्पन्न भएपछि पहिलो पटक घर्तीगाउँबाट झिनुवामा यातायाताका साधानहरु पुग्ने भएको हो ।

स्थानीयतहको निर्वाचनपछि गाउँमा विकास धमाधम भइरहेका छन् । गाउँका जनतालाई शिहदरबारको अधिकार गाउँमा प्रदान भएको अनुभूति हुने गरी काम गरिरहेको स्थानीयतहले बताईरहेको बेलामामा जनताको सुविधाको लागि सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले बताउनुभयो । 

सो सडक ३ किलो मिटर नयाँ निर्माण र २.५ किलो मिटर नयाँ गतसाल निर्माण गरिएको भए पनि मर्मत तथा सम्भार गरि यातायात सञ्चालन गर्न लागिएको अध्यक्ष नन्दबहादुर पुनमगरले बताउनुभयो ।

सो सडकको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले उद्घाटन गर्नुहुने भएको छ । जिल्लाबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, जिल्ला समन्वय अधिकारी सुशिल बैद्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक लगायतको टोली आज विहानै झिनुवा पुग्ने गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!