अछाम: वडा कार्यलयमा सडक पुग्दा दर्नाका स्थानिय खुसि

Posted on: 28 Jan, 2018

माघ १४, अछाम | अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको वडा कार्यलयमा सडक पुग्दा स्थानिय बासिन्दा खुसी भएका छन । जनप्रतिनिधि आएसङ्गै  गाउमा र वाडा कार्यालयसम्म सडक पुगेपछि स्थानिय खुसि भएका हुन । 

सानातिना कामका लागि पनि वडा कार्यलय पुग्न सडकले सजिलो भएको स्थानिय बासिन्दाको भनाई छ । बिभिन्न निर्माण सामग्री ढुवानि गर्न मात्र नभएर जोखिमपुर्ण बाटो हिड्नुपर्ने स्थानियको समस्या पनि सडकले समाधान गरेको र सबैलाई हर्षित बनाएको स्थानिय समाजसेवि दिर्घ बहादुर थापाले बताउनुभयो । 

गाउँमा कोहि विरामि भयो भने बोकेर अस्पताल सम्म लिनु प्रर्दा पनि समस्या हुने गरेको अवस्थामा सडक पुग्दा गर्भवति विरामि र सबै स्थानिय लाई निकै राहत भएको ऐश्वर्य माबि दर्नाका शिक्षक भोज बहादुर धामिले बताउनुभयो । अहिले गाउँगाउँमा सडक पुग्दा सर्बसाधारण, व्यापारी र विद्यार्थिहरु लाई बढि सजिलो भएको स्थानिय युवा खेमराज ओझाले बताउनुभयो । वडाबाट बिनियोजित आर्थिक बर्ष २०७४र७५को जम्मा १० लाखको लागतमा सडक गाउँ गाउँ हुदै वडा कार्यालय सम्म पुगेको हो । 

बन्निढि जयगढ गाउपालिका ६ दर्नामा स्थानिय तहको निर्वाचन यता सडक र अन्य भौतिक निर्माणका कामहरू धमाधम भइरहेको बताईएको छ । सडक, खानेपानी, सिचाइ आदिको समस्या भयको गाउँ टोललाई प्राथमिकता दिएर काम गरिरहेको उक्त वाडाका वडा अध्यक्ष कृष्ण कठायतले बताउनुभयो । शिक्षा , स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा विकास गर्नको लागी आफु निरन्तर लागिपरेको वडा अध्यक्ष कडायतले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!