सिरहाको गोलबजार नगरपालिकाद्धारा ४९ करोड बजेट विनियोजन

Posted on: 29 Jan, 2018

राम नारायण पंडित | माघ १५, सिरहा | सिरहाको गोलबजार नगरपालिकाको पहिलो नगरसभाले आर्थिक बर्ष ०७४/०७५ का लागि ४९ करोड भन्दा बढीको बजेट पारित गरेको छ । नगरसभाबाट पारित निर्णयहरु सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख देवनाथ साहले नगरसभाबाट चालु आर्थिक बर्ष ०७४/०७५ का लागि रु. ४९ करोड ७७ लाख २४ हजार ४५० रुपैयाको बजेट पारित भएको जानकारी दिनुभयो । 

नगरप्रमुख साहका अनुसार आयतर्फ आन्तरिक श्रोतबाट रु. १७ करोड ९० लाख ७ हजार, नेपाल सरकारबाट सशर्ततर्फ रु. ११ करोड ९५ लाख ४५ हजार, बित्तिय समानीकरणतर्फ रु. २६ करोड ३० लाख ३२ हजार, बिशेष अनुदानतर्फ एलजीसीडिपीबाट रु. १६ लाख ५ हजार, सामाजिक सुरक्षा अनुदान तथा बाल पोषणबाट रु. ५ करोड ८१ लाख ५२ हजार तथा सडक बोर्ड नेपालबाट रु. २५ लाख गरी रु. ४९ कारेड ७७ लाख २४ हजार ४५० रुपैयाँको  अनुमान गरिएको छ । 

यस्तै आन्तरिक चालु तथा पुँजीगत खर्चतर्फ रु. ५ करोड २७ लाख ९० हजार ४५०, प्रशासनिक तर्फ रु. ६ करोड ५७ लाख ८३ हजार, पुंजिगततर्फ रु.१९ करोड ७३ लाख ४९ हजार र पुँजीगत वडातर्फ रु. ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको नगरप्रमुख साहले जानकारी दिनुभयो । 

नगरसभाले नगरपालिकाभित्र स्मार्ट सिटी निर्माण, खेलकुदमैत्री नगरपालिका बनाउने, नगरक्षेत्रभित्रका पर्यटकीय स्थलहरुको संरक्षण, सम्बद्र्धन गरि पर्यटकीय नगरको रुपमा विकास गर्ने लगायतका योजनाहरु पारित गरेको नगरप्रमुख साहको कथन छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!