दार्चुलाको महाकाली नगरपालिका खुल्ला दिसा मुक्त घोषणा

Posted on: 29 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी | माघ १५, दार्चुला । पुर्ण सरसफाईमा प्रतिबद्धता, हामी सबैको ऐक्यवद्धता भन्ने मुल नाराका साथ दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकालाई सोमबार एक कार्यक्रमका विच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । ७ ओटा गाउँपालीका र २ ओटा नगरपालीका रहेको दार्चुलाको अन्तीम एब. नबौ स्थानिय तहको रुपमा एक औपचारीक कार्यक्रमकाबिच महाकाली नगरपालीकालाइ खुल्ला दिशामुक्त घोषणा गरीएको छ ।


नगरपालिका क्षेत्र भित्र रहेका कुल ४ हजार ४ सय १९ घरधुरीमा सौचालय निर्माण भई प्रयोगमा आए संगै महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडिएस), सुआहारा, सेफ वास र संकल्प दार्चुलाको सहयोगमा खुल्ला दिसा मुक्त घोषणा गरिएको हो ।

नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा समारोहमा अब देखि खुल्ला रुपमा दिशा नगर्ने नगरवासीले सामुहिक रुपमा प्रतिबद्धता समेत जनाएका छन् ।


कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिस प्रकाश कुमार काफ्लेले नगरपालिकालाई सफा स्वच्छ र हराभरा बनाउने जिम्मेवारी नगरवासीको भएको भन्दै सबै नागरिकले सरसफाइमा ध्यान दिएर सभ्य नागरीकको परिचय बनाउँन सक्नुपर्ने बताउँनुभयो ।

कार्यक्रमका अध्यक्ष एब. नगरप्रमुख हंसराज भट्टले खुला दिशामुक्त क्षेत्रलाइ सरसफाइ युक्त क्षेत्र बनाउँन सबै नगरबासीले हातोमालो गर्दै अगाडि बढ्न आह्वान गर्नुभएको छ ।

महाकाली नगरपालीका खुल्ला दिशामुक्त घोषणा भएसंगै जिल्लाका ९ ओटै स्थानिय तहका ६१ ओटै वडाहरु औपचारीक रुपमा खुल्ला दिशामुक्त घोषणा भएका छन ।

यसैबिच केहि दिनभित्रै सिगों जिल्लालाइ नै खुल्ला दिशामुक्त घोषणा गर्ने गरी आन्तरीक तयारी थालीएको छ । माघ महिना भित्रै दार्चुला जिल्लालाइ ओडिएफ घोषणाको तयारी भइरहेको जिल्ला स्वच्छता समन्वय समितिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!