अग्नी पिडितलाई तीस हजार आर्थिक सहयोग

Posted on: 30 Jan, 2018

चिसाङ शेर्पा/माघ १६, खोटाङ । खोटाङका एक अग्नि पिडितलाई साउदीअरवबाट ३० हजार आर्थिक सहयोग प्राप्त भएको छ । 

आगलागीमा परी बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईका परिवारलाई माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदीअरबले ३० हजार ९२३ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

संगठनमा आवद्ध युवराज कटुवाल, भक्त कार्की र हरि बुढाथोकीको पहलमा साउदीमा संकलन गरिएको रकम सोमबार माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश संयोजक गणेश कार्कीले मित्रमानकी श्रीमती सरिता राईलाई हस्तान्तरण गर्नु भएको हो ।

अग्नी पिडितलाई यसअघि हङकङ, मलेसिया, काठ्माण्डौं लगायतका स्थानमा सञ्चालन गरिएको ८१ हजार ६० रुपैयाँ प्रदान गरिएको थियो । राईको गत मंसिर २८ गते घर आगलागीमाबाट पुर्णरुपमा जलेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!