कञ्चनपुरको शुक्लाफाँटामा पक्कि क्याम्पस भवन निर्माण

Posted on: 01 Feb, 2018

माघ १८, कञ्चनपुर | विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा क्याम्पस भवन निर्माण गर्न थालिएको छ । 

आयोगको रु २५ लाखको सहयोगमा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका लागि चार कोठे भूकम्प प्रतिरोधी भवन निर्माण कार्य अगाडि बढाइएको हो । 

भवनको अभाव खेप्दै आएको क्याम्पसका विद्यार्थीले श्रीकृष्ण माध्यमिक विद्यालयमा बसी पढ्दै आएका छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने क्याम्पस प्रमुख गणेशबहादुर ऐरले बताउनुभयो । 

उहाँका अनुसार नगरपालिकाको सहयोगमा छ कोठे क्याम्पस भवनसमेत निर्माण भएको छ । 

विसं २०६७ मा स्थापना भएको क्याम्पसमा ४३० छात्रछात्रा पढ्दै आएकामा छात्राको संख्या भने अधिक छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!