बिधुत उत्पादन घटेपछि १८ घण्टा लोडसेडिङ !

Posted on: 05 Feb, 2018

टेकबहादुर शाही/माघ २२, डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा १८ घण्टा लोडसेडिङ हुने गरेको छ । 

ठुलीभेरि नगरपालिकाको जैरिगार खोलामा रहेको बिद्युतगृहबाट उत्पादन हुने २ सय किलोवाट बिद्यतको उत्पादन घटेपछि ४८ घण्टामा १८ घण्टा लोडसेडिङ हुने गरेको छ । 

दुईवटा मेसिनबाट जम्मा १ सय १० किलोवाट मात्र बिद्युत उत्पादन हुने भए पछि यस बिद्युतगृहबाट बिद्युत उपभोग गर्ने ग्राहकहरु झण्डै एक दिनको लोडसेडिङको मारमा पर्ने गरेको नेपाल बिद्युत प्राधिकरण डोल्पाम बितरण केन्द्रकाले जानकारि दिएको छ । 


दुई दशक भन्दा धेरै पुरानो प्रबिधिका मेसिनहरु भएको कारण बिद्युत उत्पादनमा गिराउवट आएको नेपाल बिद्युत प्राधिकरण डोल्पाम बितरण केन्द्रका निमित्त प्रमुख कालिबहादुर महतले जानकारि दिए । उनका अनुसार उपभोक्ताको माग बढ्दो छ यता पावर हाउसमा भने उत्पादन घट्दो रहेकोले ग्राकको माग अनुसार बिद्युत सेवा दिन नसके पछि लोडसेडिङ धरै भएको बताए । 

सदरमुकाम लगायत साविकका ३ वटा गाबिस जुफाल,सूँ र दुनैमा लाइन बितरण गरिएको छ । हाल यस बिद्युत केन्द्रबाट बिद्युत उपभोग गर्ने ग्राहकहरु १ हजार ३ सय भन्दा धेरै रहेका छन । त्यसै गरि सदरमुकाम दुनै ६ वटा,जुफाल २ र सूँ मा २ गरि १० वटा उद्योग सञ्चालनमा रहेका छन । 

दुइ दिनमा एक दिन मात्र बिद्युत आउने हुदा उद्योगमा समस्या भएको हिमाली र्हवल चिया उद्योगका मालिक भक्तबहादुर थापाले दुखेसो गरे । उनले भने हरेक दिन भनेको बेलामा उद्योग चलाउन पाइदैन लाइन आउने दिन मात्र काम हुदा नाफा भन्दा घाटामा उद्योग जान लागेको बताए । 

जिल्लाका सरकारी कार्यालयहरु सबै यतै भएकोले कर्मचारिले हिटर बाल्ने गरेकोले पनि बिद्युत खपत धेरै हुने र लोडसेडिङ हुने बिद्युत प्राधिकरणका कर्मचारिहरु बताउछन । उनिहरु भन्छन पैसा तिरेका छन हिटर नबाल पनि भन्न मिल्दैन तर यता बिद्युतको क्षमता भने बढ्दैन चिसो काम गर्न कठिन हुन्छ कर्मचारिको समस्या कस्ले बझिदिने गुनासो गर्छन ।


बिद्युत सेवा निरन्तर नभए पछि बैँक देखि सरकारी कार्यालयमा काम प्रभाबित हुने गरेको छ । बिहान १० बजे आउछ अनि दिउसो ३बजे जाने भएकोले कार्यलयमा हुने काम पनि ठप्प हुने कर्मचारिहरु बताउछन ।

ब्यावसाय गरेर बसेका ब्यापारिहरुलाइ सबै भन्दा धेरै मार परेको स्थानीय ब्यापारिहरु बताउछन । ठुलाबडाहरुलाइ लाइन सधै आउछ सर्वसाधारणको लागि मात्र १८ घण्टाको लोडसेडिङ खेप्नु पर्ने बाध्यता रहेको स्थानीयहरु बताउछन । हाल जिल्ला प्रशासन,प्रहरी,अदालत,जिल्ला अस्पताल र सामुदायिक रेडियोमा नियमित बिद्युत सेवा प्रदान गरिएको नेपाल बिद्युत प्राधिकरण डोल्पा शाखाले जानकारि दिएको छ । 

ठुलाबडाहरुको लागि बिद्युत रात दिन २४ घण्टा दिने तर सबै भन्दा धेरै महसुल तिर्ने नेपाल टेलीकम,काष्ठ उद्योग,बेकरी,सिलाजित र हिमाली र्हवल उद्योग,हिमाली सुस्सकेरा अपशेटप्रेस लगायतका आधा दर्जन उद्योमा भने १८ घण्ठा लोडसेडिङ गराउने भन्दै उद्योगिहरु दुखेसो गर्छन । 

बिभिन्न समयमा नागरिहरु,सरोकारवाला निकायहरु र राजनितिक दलहरुले लिखित रुपमा क्षेत्र र केन्द्रीय कार्यालयमा क्षमता बृद्धिका लागि अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको नेकपा एमालेका बैकल्पक केन्द्रीय सदस्य हँशबहादुर शाहीले बताए । तर यता भने ६ महिना देखि बिद्युतको क्षमता बिस्तारको लागि पहल गर्दैछु भनेर कार्याल प्रमूख शिवप्रसाद पाण्डे कार्यालयमा हाजिर छैनन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!