जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने

Posted on: 09 Feb, 2018

मनिषा राई/माघ २६, रोल्पा । १५ सैयाको जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको बन्ने भएको छ ।

अस्पतालको स्तरबृद्धि गरी ५० सैयाको बनाउन भवन निर्माण कार्य सुरु भएको छ ।

कुल २९ करोड ५१ लाख २२ हजारको लागतमा निर्माण हुने अस्पतालको भवन २०७७ असोज २९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी आशिस श्री जयन्ति ड्राइगन जेभि काठमाडौँले जिम्मा लिएको जिल्ला स्वास्थ कार्यलय रोल्पाका प्रमुख डा.तेजेन्द्र साउदले जानकारी दिनुभयो ।


जिल्ला अस्पताल रोल्पा अव ५० सैयाको भएपछि कहिले डाक्टर नहुने र कहिले अस्पतालमा बेडको अभाव हुने समस्या हट्ने भएको छ । जिल्ला अस्पतालको स्तर बृद्धि हुदा बिशेषज्ञ डाक्टरहरुको दरबन्दि पनि थपिने अस्पताल प्रशासनले जनाएको छ ।

बिशेषज्ञ डाक्टरहरुबाट जटिल किसिमका बिरामीहरुको पनि जिल्लामै उपचार हुने भएपछि समय र पैसाको बचत हुने भन्दै स्थानियहरु खुशि भएका छन् । भवनको अभावमा जिर्ण भवनबाट सेवा दिइरहेको जिल्ला अस्पताल रोल्पाले अव भने नया भवनबाट स्तरिय भवनबाट सेवा दिने भएको छ 

भवन निर्माण कार्य सुरु भइसकेकाले सम्झौता अनुसार समयमै सम्पन्न भए त्यहाका सेवाग्राहीहरु लाभान्वित हुने जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुल बहादुर डागीले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!