देशकै ठुलो 'भ्रष्टाचारी' अख्तियारकै प्रमुख ! ४४ बर्ष राज्यको दोहन

Posted on: 11 Feb, 2018

माघ, २८ काठमाडौं । सानालाई ऐन त ठुलालाई चैन यो नै नेपालको विढम्वनाको रुपामा देखा परिरहेको छ । खासगरि शुसासन कायम गर्ने भन्ने निकायका प्रमूख अधिकारि नै अनैतिक गतिबधिको जगमा टेकेर आएपछि जनताले कहिले शुशासनको प्रत्याभुति पाउन सक्लान् यो सोचनिय विषय रहेको छ । शुसासनको लागि काम गरिरहेको युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले शुक्रबार प्रेस विज्ञप्ति जारि गर्दै अख्तियारका प्रमुख आयुक्त दिप वस्न्यात नै सवैभन्दा ठुलो भ्रष्टाचारि रहेकोले सरकारसंग यथाशिग्र कारवाहिको माग गरेको छ ।


विज्ञप्तिमा भनिएको छ “राज्यको भ्रष्टाचारको नियन्त्रण गर्ने अधिकार प्राप्त गर्ने व्यक्तिनै महाभ्रष्ट हुनु बिडम्बना हो । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि त्यस्तै बिडम्वना बन्न गएको छ । सर्पले सर्पका खुट्टा देख्छ भने झैं यस आयोगका प्रमुख आयुक्त केहि व्यतिलाई कारवाहि गरेको देखाएर त्यसको खोलभित्र  आफु चै महाधुन्ध गरिरहेका छन् । ‘महाभ्रष्टको रुपमा चित्रित भएर अन्तत संसदमा महाअभियोग लगाएका पुर्व प्रमुख आयुक्त लोकमान कार्कीका उत्तराधिकारिका रुपमा आईपुगेका वर्तमान प्रमुख आयुक्त वस्न्यात महाभ्रष्टमा परिणत भएका छन्  । राजनैतिक दलहरुलाई घुस कमिसन खुवाएर जिवनभर मालदार अड्डामा  वस्न सफल वस्न्यातले आयोगवाट ठुलो धन्दा चलाइरहेका छन् ।“

को हुन् दिप वस्न्यात ?

वर्तमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप वस्न्यात खोटाङ जिल्लाको साविक छोरम्वु गाविस वडा न. ७ सापातेल   (हाल ) दिप्रुङ  गाऊँपालिका वडा न, ३  मा पिता नरसिंह वहादुर वस्नेत र आमा शिवकुमारि वस्नेतको कोखवाट २००६ सालमा  एक सामान्य परिवारमा जन्मेका हुन् । एक बहिनिका दाजु वस्नेतको नागरिकता अनुसार सहोदर वहिनी भगवति बस्न्यात कोईराला भन्दा ९ महिना कान्छा छन् ।  नगरिकता अनुसार वस्न्यातको जन्म २००९ साल फागुन २ गते भएको हो भने उनकि वहिनीको जन्म २००९ साल जेठमा भएको हो  अझ महत्वपुर्ण कुरा त के छ भने वस्नेतले यहि फर्जि नागरिकताको आधारमा नै उमेरको हदवन्दि भन्दा माथी गएर  आजसम्म पनि अख्तियारको प्रमुख आयुतको पदमा ठुलो चलखेल गरिरहेका छन् ।

शैक्षिक योग्यता कति ? 

वस्नेतको शैक्षिक योग्यतामाथि पनि ठुलो प्रश्न छ । उनले नेपालभर कतै पनि स्नातकोतर तहको अध्यन गरेको रेकर्ड छैन र अध्यनको लागि विदेश गएको पनि कुनै रेकर्ड छैन । उनले यति सम्म चतुर्याई गरेका छन् कि उनले आफै बिरुद्ध अख्तियारमा वेनामी उजुरी हाले । एकातिर आफ्नै सर्टिफिकेट प्रमाणित गरि पाऊ भनि वेनामी उजुरि हाल्ने र अर्कोतर अख्तियारका पुर्व प्रमुख संग मिलेर त्यो उजुरि तामेलिमा राख्न लगाए, त्यो मुद्दा तामेलिमा राखेपछि अख्तियारका प्रमुख आयुक्त हुन सफल भए । प्रेश  विज्ञप्तिमा भनिएको छ  ।

कति छ सम्पति ?

पैत्रिक सम्पतिको आम्दानिले जिवन धान्न मुस्किल भएपछि खोटाङ छोडेर उदयपुरको त्रियुगा नगरपालिका ३ मा वसाई सरेका वस्नेतको अहिले काठमाडौं को बतिसपुतलमा ७ रोपनी जमिनमा ३ वटा पक्कि घर रहेका छन् । त्यसैगरि  काठमाडौ मन्डिखाटारमा २ रोपनिमा वनेको सुविधासम्पन्न घर, उदयुरको रातामाटामा १३ कठ्ठा जग्गा, ३ करोड भन्दा माथिका बा३च १२०० र बा ६ च ७१७३ नम्वरको डिस्कभर सुबिधा सम्पन्न  कार रहेका छन् त्यसै गरि वस्नेतको छोराको नाममा रहेको नक्साल ब्यङ्कुट खासै फाईदामा नरहेपनि वस्नेतका छोराले  २३ लाख पर्ने BMW मोटरसाइकल चढ्ने गरेका छन् । ५ करोड भन्दा माथिको सुन चाँदि समेत राखेका वस्न्यातको बैठकरुममा मात्रै सजावटको लागि ५ करोड भन्दा मथिको सजावट रहेको छ । यसरि हेर्ने हो भने वस्नेतको हालको सम्पति पर्ख्यौली सम्पतिको तुलनामा हजारगुणा माथि पुगिसकेको छ ।


वर्तमान जिवनशैली:

एउटा सरकारि सेवामा रहेको कर्मचारिको जिवनशैलि अहिले निक्कै माथिल्लो तप्काको रहेको उनको जिवशैलि वाट प्रमाणित हुन आएको छ । छोरिको विवाहमा दिएको दाइजो मात्र करोडौंको थियो । त्यति मात्र हैन उनको नितिनीको पास्निमा दुना टपरिको सट्टामा चाँदिका भाँडा प्रयोग गरिएको थियो । यतिमात्र हैन उनि र उनका परिवारले गर्ने बिदेश भ्रमणमा पाँचतारे होटल भन्दा माथिका होटलहरुमा मात्र वसाइरहने गरेको कुरावाट पनि उनको जिबनशैलि विलासि रहेको प्रमाणित हुन्छ ।

के-के गरे ? 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप वस्न्यातले अर्थमन्त्रायलाई प्रयोग गरेर आफ्नो स्वार्थसिद्द गर्न उदयपुरमा रहेको वस्न्यात मण्डलको लागि सरकारि कोषवाट ५० लाख दिन लगाए ।

वाग्मति सरसफाई परियोजमा प्रलोभनमा पारि आफ्नो भाईलाइ नियुक्ति गर्न लगाए ।

दिर्घराज मौनाली, सिसिर ढुङ्गाना, टेक बहादुर अर्याल, विष्णु ढकाल, लक्ष्मण अर्याल, लगाएतका व्यक्तिहरुलाई तेह्रपाने भराएर पनि प्रति व्यक्ति १५ करोड लिएर मुद्दा तामेलिमा राखेका छन् ।

प्रमूख अयुक्तको पदमा टिकिराख्नको लागि ३० करोड भारतिय पैसाको झोला बोकेर शक्तिकेन्द्र धाई रहेकाछन् ।

आफ्नो पद र प्रतिष्ठा प्राप्तिका लागि ठुलै धनराशिको चलखेल गर्न माहिर वस्नेतनै महा भ्रष्टाचारि रहेको राष्ट्रिय युवा स्वयंसेवकले सार्वजानिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पैसाको चलखेलवाट नै एउटा मालदार अड्डावाट अर्को मालदार अड्डामा सर्दै ४४ वर्ष सरकारि सेवामा रहेर पदको दुरुपयोग गरेको सो संस्थाले जनाएको छ ।

दिप वस्न्यातको हाल सम्मको पदस्थापनाको बिवरण


२०३२/०३/२९ देखि२०३७/०३/१९ : लेखा अधिकृत कोहलपुर बनबासा सडक डिभिजन र दमक सडक डिभिजन

२०३७/०३/२० देखि २०३९/०५/१६ : मालपोत कार्यलय प्रमुख ताप्लेजुङ

२०३९/०५/१७ देखि २०४१/११/२५ : कर कार्यलय प्रमुख सिराहा लाहान

२०४१/११/२६ देखि २०४३/०८/०४ : मालपोत कार्यलय झापा झापा प्रमुख

२०४३/०५/०५ देखि २०४५/०५/३० : भन्सार प्रमुख त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

२०६५/०६/०१ देखि २९४९/०८/२१ : डेपुटि डाइरेक्टर भन्सार विभाग त्रिपुरेश्वर

२०४५/०६/०१ देखि २०४९/०९/०३ : उपसचिव सामन्य प्रशासन मन्त्रालय

२०४९/०९/०४ देखि २०५१/०३/३० : उपसचिव स्थानिय विकास मन्त्रालय

२०५१/०३/३१ देखि २०५२/०१/१९ : उपसचिव गृह मन्त्रालय

२०५२/०१/२० देखि २०५२/०९/०२ : कामु महानिर्देशक सुचना बिभाग

२०५२/०९/०३ देखि २०५४/१२/१४ : शाहि नेपाली महाबाणिज्य दुत कलकत्ता भारत

२०५४/१२/१५ देखि २०५६/०५/१६ : सहसचिव श्रम मन्त्रालय

२०५६/०५/१७ देखि २०५८/०५/१८ : महानिर्देशक श्रम मन्त्रालय

२०५८/०५/१९ देखि २०६१/०४/२२ : महानिर्देशक राजश्व अनुसन्धान विभाग

२०६१/०४/२३ देखि २०२३/११/२१ : सहसचिव अर्थ मन्त्रालय

२०६३/११/२२ देखि २०६४/०९/१५ : महानिर्देशक आन्तरिक राजश्व अनुसन्धान विभाग

२०६४/०९/१६ देखि २०६५/०७/०९ : महालेखा नियन्त्रक

२०६६/०१/१० देखि २०६७/११/०२ : सचिव भौतिक योजना तथा निर्माण मन्त्रलय

२०७१ सालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुँदै हाल प्रमुख आयुक्त

भ्रष्टाचार विरुद्ध अभियानको रुपमा ससक्त आन्दोलनको रुपमा अगाडि वढेको सो संस्थाले दिप वस्न्यात महाभ्रष्टाचारि भएकोले तत्काल कारवाहि गर्नु पर्ने माग समेत राखेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!