गाँउपालीकाका सदरमुकाममै सम्पर्क कार्यालय

Posted on: 11 Feb, 2018

टेकेन्द्र बोहरा | माघ २८, बझाङ | तत्कालीन गाविस सचिवहरु लाई गाँउतिर नजाने गरेको जनगुनासो आउने बझाड जिल्लामा स्थानिय र्निबाचन भई सकेपछि पनि गाँउ पालीकाका कार्यालय समेत सदरमुकाम चैनपुरमै खोलीन थालेका छन् ।

गाँउपालीका केन्द्रमा अफिस सांचालनका लागी आवस्यक पुर्वाधार तथा उपकरण नभएको भन्दै बझाडका अधिकास गाँउपालीकाले सदरमुकाम चैनपुरमा सम्पर्क कार्यालय खोलीएर  कामकाज गर्न थालेका छन् । 

जिल्लाको दुर्गममा रहेका सुर्मा,  काँडा, मष्टा लगाएतका गाँउपालीकाले सदरमुकाम चैनपुरमै सम्पर्क कार्यालय खोलेर कार्यालय वाट हुने दैनिक प्रशासनिक कामहरु हुदै आएका छन् । 

सदरमुकाम चैनपुरको एक घरको कोठामा कार्यालय भाडामा लिएर बस्दै आएका सुर्मा गाँउपालीकाका प्रमुख नर बहादुर बोहराले गाँउपालीका केन्द्रमा विधुत , संचार ईमेल ईन्टरनेट सहित बैड्कको सेवा सुविधा नहुदाँ जनताको काम छिटो छरितो र कार्यालयको कामकाजका लागी चैनपुरमै सम्पर्क कार्यालय खोल्नु पर्ने बाध्यता रहेको वताउनुभएको छ ।

उनले भने योजना तथा कार्यक्रमका भुक्तानी चेकहरु साथै अन्य आवस्यक कागजपत्र फोटोकपी ईमेल गर्ने प्राय चैनपुर आउनु पर्ने भएकाले केहि समयका लागी बस्ने ठाँउ बनाएका छौ  । 

यस्तै ४ दिन हिडेर पुगिने काँडा गाँउपालीकाको पनि केहि कामकाज गर्न सहज का लागी जिल्ला सदरमुकाम चैनपुरमै सम्पर्क कोठा भाडामा लिएको छ ।

त्यस्तै मष्टा गाँउपालीकाको पनि चैनपुरको क्याम्पस जाने बाटोको घरमा भाडाको घर लिएर कार्यालयको कामकाज गरिदै आएको छ । राजनितिक पार्टीहरुले चुनावमा सिंहदरवारको सवै सेवा सुविधा र हक अधिकार गाँउघरमै भनेपनि हामी सेवा ग्राहीहरु लाई समस्या भएको मष्टा गाँउपालीकाका धन बहादुर धामीले वताए ।

 गाँउपालीकाले सेवा सुविधा नभएको भन्द्र सदरमुकाम चैनपुरमा सम्प्रर्क कार्यालय खोलेपनि स्थानियहरु भने सन्तुष्टि छैनन् । 

यि  गााउपालीका जस्तै अन्य गाँउपालीकाले पनि गााउमा बैड्क नभएकाले  छाप चेक झोलामा बोकेर सदरमुकामवाट सेवा गर्दै आएक छन् । 

सरकारले गाँउपालीका लाई धेरै हक अधिकार र सेवा सुविधा दिएको छ तर गाँउपालीका केन्द्रमा प्रहरी प्रशासन , यातायत संचार बैड्कहरु नहुदाँ गाँउपालीकाको सेवा प्रभावकारी नहुदाँ नयाँ संरचनाको आभाव गर्न सकेका छैनन् । 

सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालीका सहित अन्य जिल्लाका बुंगल नगरपालीका लगाएत १० वटै गाँउपालीका लाई गाँउपालीका केन्द्रमा कार्यालयका काम गर्न समस्या रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!