विद्यालयमा विद्युतिय हाजिर मेसिन जडान गरिने

Posted on: 12 Feb, 2018

माघ २९, सल्यान | कपुरकोट गाउँपालिका सल्यानको ११ औँ गाउँ कार्यपालिका बैठकले माध्यामिक विद्यालयहरुमा विद्युतीय हाजिर प्रणालि जडान गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले औठाले छोएको आधारमा शिक्षक उपस्थित भएको र बाहिरिएको हाजिर रेकर्ट गर्ने विद्युतीय हाजिर मेसिन जडान गर्ने निर्णय गरेको हो । 

विद्युतिय मेसिनबाट हुने हाजिरमा आए गएको समय पनि देखिने भएकाले विद्यालयमा शिक्षक समयमा उपस्थित हुने र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले विश्वास व्यक्त गरे । उनले भने, ‘यो प्रविधि जडान भएमा शिक्षक नियमित उपस्थित नहुने, समयमा नआउने जस्ता समस्या विस्तारै सुधार हुने हाम्रो अपेक्षा छ ।’ शैक्षिक क्षेत्रमा सुशासन कायम गर्न तथा शिक्षकलाई कार्यप्रति जवाफदेही बनाउन विद्युतीय हाजीर प्रणालि प्रभावकारि हुने गाउँपालिकाको दाबी छ । 

सोमबारको कार्यपालिका बैठकले यहि फागुन ८ गते देखि कपुरकोट गाउँपालिकाका सबै वडाहरुमा जनप्रतिनिधी र नागरिकको विचमा वहस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिए । यस्तै गाउँपालिकाले गत पुसमा बाँकेमा आयोजित दोश्रो जुनियर एथ्लेटिक्स प्रतियोगीता अन्तर्गत १५०० मिटरको दौडमा प्रथम हुन सफल छात्रा चन्द्रा घर्तीलाइ सम्मान गर्ने भएको छ । 

नेरामावि किमुचौरमा कक्षा ६ मा अध्यनरत छात्रा घर्तीले खेलकुद मार्फत गाउँपालिकाको गरिमालाइ माथी उठाएको भन्दै नगद रु २५ हजार सहित सम्मान गर्ने भएको सुचना अधिकारि केसीले बताए । बैठकले गाउँपालिकाका प्रत्येक वडामा मेलमिलाप समिती गठन गर्ने निर्णय पनि गरेको छ । समितीमा वडाध्यक्ष, एक महिला सदस्य र एकजना अन्य सदस्य रहने भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!