महोत्तरीको सोनमा गाउँपालिकाको बजेट रु ३५ करोड

Posted on: 13 Feb, 2018

फागुन १, महोत्तरी (रासस) | महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार रु ३५ करोडभन्दा बढी रकम बराबरको वार्षिक नीति तथा कार्यक्रम (बजेट) प्रस्तुत गरेका छन् । 

सोमबार दिउँसो गाउँपालिकाको प्रांगणमा आयोजित एक समारोहका बीच आर्थिक वर्ष २०७४/७५ कालागि कूल रु ३५ करोड ५६ लाख ४२ हजार ८८३ बराबरको वार्षिक बजेट सार्वजनिक गरिएको हो । 

गाउँपालिकाका प्रमुख राजकुमार यादवले चालूतर्फ रु १५ करोड ३७ लाख ८९ हजार ५०० र बचततर्फ रु २० करोड १८ लाख ५३ हजार ३८३ रकमसमेत गरी सो बजेट सार्वजनिक गरेका हुन् । 

महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो समारोहमा वक्ताले बजेटलाई सदुपयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!