सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन

Posted on: 15 Feb, 2018

फागुन ३, जाजरकोट | करिब रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । 

नलगाड नगरपालिका–८ हल्चौरमा रहेको सिँचाइ योजना प्रयोगविहीन अवस्थामा छ । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा बढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ योजना निर्माण गरिएको थियो । 

पाँच वर्ष नबित्दै हल्चौरका स्थानीयवासी सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् । लिली हेल्पटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा पाँचवटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले उक्त योजना निर्माण गरिएको थियो । 

अहिले प्लास्टिक पोखरीको नाम निसान नै नभएको स्थानीयवासी गोरखबहादुर विकले बताउनुभयो । योजनाका पाइप चोरी हुँदा पोखरी माटोले पुरिएको छ । पोखरी वरिपरि काँडेतार लगाएर सुरक्षित गराउने योजना भए पनि उपभोक्ता समितिले काँडेतार नलगाउँदा पोखरी जोगाउन समस्या भएको स्थानीयवासीको भनाइ छ । अहिले पोखरीमात्र होइन, पोखरीमा प्रयोग भएका पाइपसमेत चोरी भएको उपभोक्ता बताउँछन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!