डेढ वर्ष अघिकै भाउमा पुग्यो सुन

Posted on: 16 Feb, 2018

फागुन ४, काठमाडौं । सुनको भाउ बढेर शुक्रबार डेढ बर्षकै भाउमा कारोबार भैरहेको छ । 

बिहीबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेर ५८ हजार रुपैयाँमा कारोबार भैरहेको हो । 

यसअघि २०७३ साल असार १६ गते तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो । तर गएको महिनादेखि बढ्न थालेको सुन शुक्रबार भने डेढ वर्ष अघि कै भाउमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!