कारोबार रकमसंगै नेप्सेमा दोहोरो अंकको गिरावट

Posted on: 18 Feb, 2018

फागुन -६,काठमाडौं। सातको पहिलो दिन शेयर बजार  परिसूचक नेप्से ओरालो लागेको छ ।  आइतबार नेप्से ११ दशमलव ०५ अंकले घटेर १ हजार ४ सय १३ दशमलव ९० अंकमा पुगेर कारोबार बन्द भएको छ ।

बिहीबार ६५ करोड भन्दा माथिको शेयर किनबेच भएको बजारमा आइतबार कारोबारमा गिरावट आएको छ । १५९ कम्पनीको कारोबार हुँदा पनि ५९ करोड ६ लाख ६० हजार १२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आइतबार उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य कम्पनीको कारोबारमा गिरावट आएको हो ।

आज सर्वाधिक कमाउनेमा बोट्लर्स नेपाल (तराई), छ्याङ्दी हाइड्रो पावर, भार्गव विकास बैंक र एनएमबी सुलभ एन्भेष्टमेन्ट फन्ड–१ रहेका छन् । यी कम्पनीहरुको कारोबारमा ३ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

त्यस्तै, सर्वाधिक गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड, सहयोगी विकास बैंक, नेशनल हाइड्रो पावर कम्पनी पूर्णिमा विकास बैंक र अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन् । यी कम्पनीका लगानीकर्ताहरुले ५ प्रतिशतभन्दा बढीले घाटा ब्यहोरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!