मुगुमा सडक अबरुद्ध हुँदा व्यापारिक सामान बोकेका गाडी बाटोमै

Posted on: 18 Feb, 2018

फागुन ४, मुगु | माघको अन्तिम साता भएको भारी हिमपातका कारण गमगढी नाग्म सडक खण्ड अबरुद्ध हुँदा मुगु देखि सुर्खेत नेपालगञ्ज र सुर्खेत नेपालगञ्ज देखि मुगु आवत जावत गर्ने यात्रु वाहक तथा मालबाहक गाडीहरु विच बाटोमा नै रोकिएका छन ।

माघ २८ गते देखि फागुन एक गतेसम्म भएको लगातारको हिमपातले गमगढी नाग्म सडक खण्ड अन्र्तगत सिंजाको बोता मालिका, भुलभुले र मुगुको घुच्ची लेकमा सडक अवरुद्ध भए पछि दर्जनौ मालबाहक तथा यात्रु बाहक गाडी बिच बाटोमा नै रोकिएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । हिमपातले सडक यातायात अबरुद्ध भए पछि बजारमा कालो बजारी, महंगी तथा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन नदिन बाणिज्य संघ सजग रहेको बुढाले बताए ।

 हिमपातका कारण सडक अबरुद्ध हुँदा मालबाहक तथा यात्रु वाहक गाडी चल्न नसके पछि सडक डिभिजन कार्यालय जुम्लामा बुझ्दा हिउँले अबरुद्ध सडक खुलाउनका लागि डोजर चलाउने चालक नभएको र तत्काल चालकको व्यवस्था गरि बाटो खुलाउने तयारी भईरहेको जानकारी पाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी दिए । डिभिजन कार्यालयको जेसिभी (डोजर) का चालक मुगुमा नै रहेकाले तत्काल जुम्ला पुगेर जेसीभी लिएर बाटो खुलाउन निर्देशन दिई सकिएको सडक डिभिजन कार्यालयका प्रमुख अंगलाल रोकायाले जानकारी दिए । शुक्रवार नै चालक मुगुबाट हिडी सकेका र जुम्ला सिंजाको बोता मालिकामा भत्केको बाटो दुई घण्टामा नै बन्ने र मुगु तर्फ घुच्ची लेकमा रहेको हिउँ एकै दिनमा हटाएर अबरुद्ध सडक सञ्चालन हुने रोकायाको भनाई छ । नाग्म देखि मुगु आउने मालबाहक तथा यात्रुबाहक गाडी जुम्लाको गोठी ज्युला, बोता, भुलभुलेमा र मुगु देखि जाने गाडीहरु गमगढीमा नै रोकिएका अस्थायी ट्राफिक कार्यालय गमगढीले जनाएको छ । - सुमन मल्लको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!