फागुन ८, काठमाण्डौ । नेपाली बजारमा सुनचाँदिको भाउ मंगलबार पनि घटेको छ ।
मंगलबार सुनको मुल्य प्रतितोला २०० सय रुपैयाले घटेको हो । सोमबार सुनको मुल्य प्रतितोला ५८ हजार रुपैयामा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी ब्यबसायी संघका अनुसार आज प्रतितोला ५७ हजार ८ सय रुपैयामा कारोबार भएको छ ।
त्यस्तै चाँदिको मुल्य पनि घटेको छ । चाँदीको मुल्य भने सोमबार ७ सय ४५ मा कारोबार भएको थियो । मंगलबार प्रतितोला ७ सय ४० रुपैयामा कारोबार भएको राष्ट्रिय सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!