घर्तीगाउँमा स्वास्थ्य चौकी भवन निर्माणबाट २० बढीले रोजगारी पाए

Posted on: 21 Feb, 2018

मनिषा राई/फाल्गुन ९, रोल्पा । स्वास्थ चौकि भवन निर्माण योजनाले गर्दा माडी गाउँपालिकामा गाउँमै रोजगारी सृजना भएको छ । 

भवन निर्माणमा युवा महिला पुरुष गरी करिव २०/२५ जनाले काम पाएका छन् । स्वास्थ चौकी माडी २ घर्तीगाउ रोल्पाको ३ बर्ष पहिले निर्माणको जिम्मा लिएका रोल्पा राकका ठेकेदार हरि बहादुर पुनले भवन पुरा नगरीकन बिचमै अलपत्र बनाएर छाडेका थिए । 


गत बर्षको श्रावण/भाद्रतिर सम्पन्न गर्ने गरी थालिएको भवन निर्माण काम बिचमै रोकिएपछि माडी गाउपालिका भित्र लगायतका स्थानियहरुले स्वास्थ चौकि भवन बन्ला भन्ने आशा मारिसकेका थिए । तर अहिले भने उक्त भवनले पुनः तिव्रता पाएको छ । 

राक रोल्पाका ठेकेदार हरि बहादुर पुनको जिम्मा मा भएको भवन निर्माण काममा जुन कामदारहरु ठगिएका थिए अहिले उक्त समस्याले गर्दा कामदारहरु लगाउन पनि समस्या भएको र सोहि गल्ती आफुबाट सकेसम्म नदोहोरीने हाल जिम्मा लिएको महाविर इन्जिनियरिङ कन्ट्रक्शन कम्पनि प्राइवेट लिमिटेडका हर्क बहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

भ्याट बाहेक करिव २ करोडकोे लगानिमा तयार हुने भबनको निर्माण कार्य सुरु गरिएको हो ।  

२७ सय स्क्वायर फिटमा बन्दै गरेको भबनको जिम्मेवारी महाविर इन्जिनियरिङ कन्ट्रक्शन कम्पनि प्राइवेट लिमिटेड काठमाडौले लिएको छ । काम भइरहेको छ । प्राबिधिक पाटोमा कुनै कमजोरी हुदैन । बिगतका निर्माणहरुमा ढिलाई भए जस्तो अब नहोला । 

सकेसम्म २०७५ असार मसान्त सम्म भबन तयार भएर हस्तान्तरण हुनेछ ।’ नभए ३ देखि ६ महिनासम्मको समय थप्नुपर्नेछ । श्रेष्ठले भन्नुभयो ।

अव १५ कोठे भवनको स्वास्थ चौकि बने पछि बिरामि संगै सवैलाई सेवा प्रबाहमा सहजता हुने जिल्ला स्वास्थ कार्यलय माडी २ घर्तीगाउ रोल्पाका प्रमुख डिल्लीराज आचार्यले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!