वीरेन्द्रनगर नगरपालिकाले फुटपाथ आफैले उठाउने

Posted on: 23 Feb, 2018

फागुन ११, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित ढंगले राखिएका फुटपाथ व्यापार आइतबारदेखि आफै उठाउने भएको छ ।  नगरपालिकाले केही दिन अघि १५ दिनभित्र फुटपाथ हटाउन आग्रह गर्दै सुचना जारी गर्दा पनि फुटपाथ व्यापारीहरुले अटेर गरेपछि नगरपालिकाले कडाई गर्न लागेको हो ।

‘बजार एवम् शहर व्यवस्थापन अभियान २०७४’ अन्तर्गत नगरपालिकाले अब फुटपाथ व्यापार गर्नेलाई जरिवाना समेत तिराउने नगरप्रमुख देवकुमार सुवेदीले बताए । शुक्रबार नगरप्रमुख र उपप्रमुखको नेतृत्वमा वडा नम्बर ६ का जनप्रतिनिधीहरु नै बजारका विभिन्न क्षेत्रमा पुगेर फुटपाथ हटाउन फेरि पनि आग्रह गरिएको उनले जानकारी दिए ।

सोही अभियान अन्तर्गत शनिबार (आज) विहान वीरेन्द्रनगरमा राजधानी केन्द्रित सरसफाई अभियान शुरु गरिने भएको छ । ६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै नेतृत्वमा अन्य मन्त्रीहरु, जनप्रतिनिधीलगायतको सहभागितामा मंगलगढी चौकबाट सरसफाई अभियान शुरु गरिने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!