कालिकोटमा बृहत सांस्कृतिक महोत्सवको तयारी तिब्र

Posted on: 25 Feb, 2018

फागुन १३, कालीकोट । जिल्लाकै दुर्गम मानिने पचाल झरना गाँउपालिकाले प्रथम पटक बृहत साँस्कृतिक महोत्सव सञ्चालन गर्ने भएको छ । 

पर्यटन पर्बद्धन र बिकासका लागि बृहत साँस्कृतिक महोत्सव सञ्चालन गर्ने भएको छ । 

नेपालकै अग्लो झरना भनेर दाबी गरीएको पचाल झरना अबस्थीत गाँउपालिकाले सो झरना सँगै अन्य पर्यटकिय स्थल र त्यहाँको सस्कृतिको प्रचारप्रसारको गर्ने उद्येष्य सहित महोत्सव सञ्चालनको तयारीमा जुटेको हो । 

महोत्सव २०७५ सालको बैशाख ५ गते देखि १० गते सम्म सञ्चालन गर्ने निर्णय गरीएको पालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिएकाछन् । महोत्सव ५ दिन सम्म सञ्चालन हुने छ ।

पर्यटन, धार्मीक, साँस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको सो क्षेत्रको प्रबद्र्धनका लागि सञ्चालन  हुने महोत्सव पर्यटन प्रबद्र्धनका लागि कोसेढुंगा सावित हुने पनि अध्यक्ष सेजुवालले दाबी गरेका छन् ।

प्रभात पचाल झरना साँस्कृतिक मञ्चका अध्यक्ष विवशकुमार सेजुवालले पचाल झरनाको नामबाट नामाकरण गरिएको पालिकाले सञ्चालन गर्ने साँस्कृतिक महोत्सव मार्फत त्यहाँको प्राकृतिक सम्भावनाका बारेमा स्वदेशी तथा विदेशीहरु जानकार हुने र पर्यटनको गन्तब्य स्थान बन्ने विस्वास ब्यक्त गरे ।

त्यहाँको भेषभूषा, परम्परा, रितिरीवाज, सँस्कृत, स्थानीय उत्पाद तथा पर्यटकिय स्थलहरुले मानीसहरुको मन लोभ्याउने स्थानीय जानकार बताउछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!