महोत्सव बन्दैछ फेसन !

Posted on: 04 Mar, 2018

प्रभुराम चौधरी  फागुन २०, बर्दिया 

बर्तमान समयमा ब्यापारिक मेला फेसनका रुपमा बिकसित भैरहेको छ । ब्यापार, ब्यावसाय, उद्योेग, पर्यटन, कृषिलाई प्रवद्र्धन गर्ने पवित्र उद्देश्यकासाथ गरिन्छ । यसबाट कुनै न कुनै रुपमा मूनाफाको अपेक्षा पनि राखिएको हुन्छ तर एकेै समयमा जिल्लाका बिभिन्न स्थानमा यस प्रकारका महोत्सवहरु सञ्चालन गर्दा आशातित उपलब्धीहरु हात लाग्न सकेको छैन । यसका साथै स्थानीय रकम समेत बाहिरीन पुगेको छ ।

 Photo : Internet...

बि.स.२०६७ सालदेखि बर्दियामा महोत्सबको सुरुवात गरिएको देखिन्छ । गुलरिया उद्योग बाणिज्य संघको अध्यक्षका रुपमा अमर बहादुर खड्का आईसकेपछि नियमित जस्तै बन्यो । गुलरियामा लगातार महोत्सब चल्न थालेपछि बिस्तारै जिल्लाका अन्य स्थानहरुमा यसको आयोजना गर्न लागियो । बर्तमान अबस्थासम्म आईपुग्दा यो क्रमले निरन्तरता पाइरहेको देखिन्छ । 

यसपाली मात्र बर्दियाका करिब तीन वटा पालिकाहरुमा विभिन्न नाम र उद्देश्यका साथमा महोत्सवहरु सम्पन्न गरिएका छन् भने कहि हुने क्रममा छन् । यो सालको पहिलो महोत्सव राजापुर नगरपालिकामा माघ १ गते देखि ९ सम्म आयोजना गरिएको थियो भने बाँसगढी नगरपालिकामा माघ १२ देखि २२ गते सम्म, संचालन भएको थियो । बारबदिया नगरपालिमा फाल्गुन ११गते देखि २० गते सम्म आदिबासी जनजाती महासंघ नगर समन्बय समिति,बारबदिया तथा उद्योग बाणिज्य संघ जयनगर उप समिति बारबदियाका मुख्य आयोजना र बारबदिया नगरपालिकाको आयोजनामा प्रथम महोत्सव सञ्चालितभई सम्पन्न भैसकेका छन् । थारु गाउ, झुला, बाल पार्क सर्कस आदी महोत्सवका आर्कषण रहने गरेका छन् । महोत्सब आयोजक मुल समितिका संयोजक राम सोहनका अनुसार महोत्सब थारु समुदायको बिवाहको समयमा परेकाले केहि हदसम्म प्रभावित भएपनि नगर पालिकाको ऐतिहासीकतालाई उजागर गर्न सफल रहेका बताउछन ।

त्यसैगरी मधुवन नगरपालिकामा  पनि २१ गते देखि शुरु गर्न लागिएको छ । उद्योग बाणिज्यसंघ सानाश्रीेको मुख्य आयोजना, प्रदेश उद्ययोग बाणिज्य महासंंघ, बुटवल तथा मधुवन नंगरपालीका सानोश्रीको आयोजनामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सब हुदैछ । महोत्सबलाई नेपाल पर्यटन बोर्ड, पयर्टन सेवा केन्द्रले प्रवद्र्धन गरेकोछ । त्यसैगरी सुर्योदय पावर सोलुसन कम्पनी प्रां लि ले संयोजन गरेको छ । महोत्सबमा उल्लेख्य दर्शकहरुले अवलोकन गर्नें अपेक्षा गरिएकोछ । 

२१ गते देखि शुरु गरिने महोत्सब को तयारी अन्तिम अबस्थामा पुगेको छ । महोत्सबका आयोजकहरुले यसका बारेमा एकै खालका प्रतिकिया दिने गरेका छन् । उनीहरुले महोत्सबाट खासै उपलब्धी नभएको बताउछन।


यस बिषयमा तपाइको प्रतिक्रिया...!