जुफालमा नगर केन्द्रको भव्य उद्घाटनको तयारी

Posted on: 06 Mar, 2018

टेकबहादुर शाही | फागुन २२, डोल्पा । नगर केन्द्र जुफालमा आएपछि खुशियाली मनाई रहेका जुफालबासी भने नगरको केन्द्र उट्घाटनको भव्य तयारीमा जुटेका छन् ।

अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नगरको केन्द्र उद्घाटनमा आफुहरु जुटीरहेको र तयारी अन्तिम चरणमा पुगेको वडा नं ९ का अध्यक्ष बिर्मल भण्डारीले बताए ।

उनका अनुसार नगरको केन्द्र जुफालमा सबैको पायक पर्ने भएको हुँदा सरकारले जुफालमा केन्द्र स्थापीत गरेर जनतालाई ठुलो राहत पुर्याएको छ ।


उद्घाटनलाई भव्य रुपमा सफल पार्नकालागि  जनप्रतिनिधि,नगरबासी,बुद्धिजिवी,सम्पुर्ण कार्यालयका कर्मचारी ,संञ्चारकर्मी लगाएत सम्पुर्णलाई निमन्त्रण गरिएको भण्डारीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!