कालिकोटको पलातामा हिमचुलीको छैटौं शाखा

Posted on: 11 Mar, 2018

फागुन २७, कालिकोट । जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले हिमचुलि कृषि सहकारी संस्थालाई बैंकको रुपमा स्थापित गराउने बताए । छैटौं सेवा कार्यालय थिर्पुको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बमले सो कुरा बताए । वित्तीय क्षेत्रमा पछि परेको पलाताका लागि सम्मृद्धिको नारा ल्याएर आउने सबैलाई स्वागत गर्ने बताए ।

अध्यक्ष बमले यहाँका जनताको नाममा ठगेर जाने उद्देश्य कसैको छ भने त्यसका लागि आफुले सहयोग नरहने समेत बताए । उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष देवनारायण संज्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले पलातामा वित्तीय संस्थाको आवश्यकता रहेको बताएका छन् । जिल्लाको अति विकट क्षेत्रका रुपमा रहेको पलातामा आर्थिक क्षेत्रमा पहुँच पु¥याउने उद्देश्यले सहकारी संस्थाले सेवा कार्यालय उद्घाटन गरेको हो ।

यस अघि सम्पर्क कार्यालयका रुपमा कारोवार गर्दै आएको सहकारीका थिर्पुमा आठ वटा लघुवित्त केन्द्रमा १६ लाख कर्जा प्रवाह गरिएको छ भने एक सय ५ जना महिला र दुई सय १० जना पुरुष सदस्य रहेका छन् । यस सेवा कार्यालयबाट आईएमई सेवा, लघुवित्त अन्तरगत बचत तथा ऋण, सदस्यहरुको विमा, कृषि जन्य वस्तुको उत्पादन तथा तथा बजारीकरण र सौर्य उर्जाको कार्यक्रम शुरुवात गर्ने सेवा कार्यालय प्रबन्धक ताराकुमारी पाण्डेले बताईन् ।

२५ जनाबाट ५० हजार शेयर रकम जम्मा गरी शुरु गरेको सहकारी संस्थाका अहिले आठ हजार शेयर सदस्यमा १४ करोड ५० लाख कर्जा प्रवाह, एक करोड ६० लाख शेयर पुँजी रहेको छ भने छरिएर रहेको पाँच करोड बराबरको निक्षेप संकलन गरेको छ । अहिले सहकारी संस्थाले लघुवित्त कार्यक्रम, बचत तथा ऋण, कृषि जन्य वस्तु उत्पादन र बजारीकरण, निर्जिवन विमा, सौर्य उर्जा कार्यक्रम, सुधारिएका बाख्रा खोर निर्माण, युवा शसक्तिकरण तथा सिप विकास तालिम कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!