पर्बतको मोदी गाउँपालिकामा भ्रष्टाचार भएको आशंका

Posted on: 20 Mar, 2018

चैत ६, पर्वत । मोदी गाउँपालिकाले ५५ हजारमा पाइने मिनि टेलर (हाते हलो)लाई ७० हजारमा खरिद गरी वितरण गरेको छ । कृषिमा आधुनिकरणसँगै बढ्दो हाते हलो (पावर मिनिी टेलर)को मागसँगै गाउँपालिकाले २३ जना अगुवा कृषकहरुलाई हलो खरिद गरि विक्रि गरेको हो ।

५५ हजारमा स्थानीय व्यापारीले हलो उपलब्ध गराउने भएता पनि गाउँपालिकाले ७० हजारमा एसकेटी कम्पनीको मिनि टेलर ल्याएको हो । ५५ हजारमा पाइने हलो लाई ७० हजारमा ल्याउनु र वितरण गर्नुले भ्रष्टाचारको आशंका हुन थालेको छ ।

 मोदी गाउँपालिका कृषि सेवा केन्द्रकी प्रमुख सारदा आचार्यले गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कार्यकारी अधिकृत कुमानसिंङ गुरुङ सहितको टोलीले ल्याएको बताइन । उनले आफूलाइ हलोको मुल्य ७० हजार परेको जानकारी भएको र कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको बताइन । हलो डिजेलबाट चल्ने उनले बताइन् ।  मुल्यमा भएको फरकपनको बारेमा आफूलाइ कुनै जानकारी नभएको बताइन ।

हामीले ५५ हजारमा दिनसक्छौः स्थानीय व्यापारी

स्थानीय व्यापारीहरुले ५५ हजारमा मिनि पावर टेलर उपलब्ध गराउन सक्ने बताएका छन् । पावर मिनि टेलरको मुल्य पनि फरक छ । डिजेलवालालाई ५५ र पेट्रोलवालालाई ४५ हजारमा हामीले उपलब्ध गराउन सक्छौ । नाम नखुलाउने सर्तमा एक व्यापारीले भने । कम्पनीको बारेमा भने खुलाएका छैनन् ।

मोदी गाउँपालिकाका कार्यकारी र अध्यक्षलाई सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् । कार्यकारीलाई बारम्बार फोन गर्दा उनले फोन काटेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!