फिदिम नगरसभामा पेश गर्न एक दर्जन वढि निर्णय गरियो

Posted on: 24 Mar, 2018

जितेन्द्र भण्डारी | चैत १०, पाँचथर | आगामी चैत्र १५ गते हुने फिदिम नगरपालिकाको नगर सभामा पेश गर्न विभिन्न १३ वटा निर्णयहरु गरेको छ ।

नगरपालिकामा आज बसेको नगर कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको प्रवक्ता नरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

वैठकले शिक्षा ऐन ०७४,कृषि ब्यवसाय ऐन ०७४,प्रशासकिय ऐन ०७४,न्यायिक समिती ऐन ०७४,सहकारी ऐन ०७४,एफ.एम रेडियो कार्यविधी,नगरपालिकाको आर्थिक कार्यविधि नगर सभामा पेश गरिनेछ ।

त्यसैगरी स्थानिय उपभोक्ता समिती गठन परिचालन तथा ब्यवस्थापन कार्यविधि,सरकार बाट गरिने बजार अनुगमन निर्देशिका कार्यविधी,घ वर्गको निर्माण ब्यवसायि कार्यविधि,न्यायिक समिती उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधी,शंसोधित राजश्व दर रेट, र १० लाख रुपैया बरावरको सड्ने र नसड्ने फोहोर संकलन गर्न डस्बिन किन्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!