शाईन रेसुङ्गामा अव विदाको दिन पनि बैंकिङ सुविधा

Posted on: 24 Mar, 2018

प्रेम सुनार | चैत १०, गुल्मी । साईन रेसुङ्गा डेभलभमेण्ट बैंक लिमिटेड गुल्मी तम्घास र  गुल्मी कै वलेटक्सार शाखाले अव देखि वर्षको ६५ दिन नै बैकिङ सुविधा प्रदान गर्ने भएको छ । चैत्र ३ गते देखि हरेक विदाको दिन विहान ११ वजे देखि २ वजे सम्म बैकिङ सुविधा दिन थालिएको गुल्मी शाखाका सहायक अधिकृत दिवस श्रेष्ठले जानकारी दिए ।

अरु दिन कार्यालय समयभर र हरेक विदाको दिन उक्त समय अवधीको तिन घण्टा सम्म बैकिङ सुसवधा दिईने श्रेष्ठले बताए  । यस्तो सुविधा प्रदान भए लगत्तै आज शनिवार विदाको दिन पनि सेवाग्राहीको त्यस बैंकमा घुँईचो लागेको छ ।

तम्घास शाखा प्रमुख कृष्णहरी भण्डारीका अनुसार बैंकले तम्घासकै उदिनढुङ्गामा एक्सचेञ्ज सेवा दिदै आएको छ भने गाउँपालिका स्तरको शाखाका रुपमा रिडी , वलेटक्सार , खज्र्याङ्ग, शान्तिपुर, मजुवा , खैरेनी,  वामीटक्सार र सिमलटारीमा बैकिङ्ग सुविधा दिदै आएको छ ।


बुटवलमा प्रधान कार्यालय रहेको शाईन रेसुङ्गाका हाल सम्म  गुल्मी सहित विभिन्न  जिल्लामा ३५ वटा शाखा रहेका छन् ।  उक्त बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले थप शाखा विस्तार गरिदै जाने वताउँदै आएका छन् ।

स्थानिय सरकार बने लगत्तै अहिले अन्य बैंकहरु पनि धमाधम शाखा विस्तारमा लागेका छन् । ईस्मा गाउँपलिका, धुर्कोट गाउँपालिका, गुल्मी दरवार गाउँपालिका वाहेक अन्य नगर र गाउँपालिकाहरुमा एउटा न एउटा  बैंकहरु पुगेका छन । गुल्मी वार्षिक ५० करोड सम्म रेमिट्यान्स भित्रिने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!