यस्तो पनि सास्ती: धुलोको छालभित्र पौडिनु कि डुब्नु ?

Posted on: 25 Mar, 2018

अनिल अधिकारी | चैत ११, काठमाडौं |  ‘उफ कत्ति धेरै धुलो !,’  धादिङबेसीदेखि मुरलीभन्ज्याङ हुँदै पश्चिम तथा उत्तरतर्फ करिव शत-प्रतिशत सडक कच्ची छन् । जसको कारण धेरैले सांस्ती भोग्नु परेको छ । 

सडकमा १ फिटभन्दा बढी धुलोको कारण सडकमा यात्रा गर्नेहरुसमेत हैरान व्यक्त गर्छन् । यहाँ धुलो  छल्न मास्क मात्र होइन कतिपयले रेनकोटनै लगाउने गरेको पनि देख्न पाइन्छ भने केहिले थोत्रा कपडा लगाएर यात्रा गर्नेसम्म गरेका छन् । सहरबाट नयाँ -नयाँ कपडा लगाएर ठाटिएर जानेहरुको लागि यो सडक सबैभन्दा तनाबपूर्ण छ किनकी अगाडी वा बिपरित दिशाबाट आइरहने एउटै सवारी साधन पनि भारी बनिदिन्छ । यदी आफू भन्दा अगाडी अर्को सवारी छ भने त झन् तनाब ! अर्को सवारीको पछी लाग्दा बादल भित्र पसेको जस्तो न बाटो देखिन्छ नत सजिलो तरिकाले स्वास फेर्न नै । 


यदी आफु पछाडी छ र अगाडी अर्को सवारी गुड्दैछ भने गन्तव्य पुग्न हतारिँदै धुलोको मुस्लोभित्र पसेर अर्को गाडीलाई उछिन्न पर्ने हुन्छ तर अर्को सवारी पनि किन पछाडी पर्न चाहन्छ र ? उसले झनै धूलो उडाउँदै जान्छ । तब उसलाई उछिन्नुको बिकल्प उसलाई अलि परै पारेर उसकै गतिमा कुद्नुको बिकल्प हुँदैन । यदी यस बाटोमा मोटरसाइकलमा यात्रा गरिंदै छ भने झन् निकै सांस्ती हुन्छ । केहि सवारीले मोटरसाइकललाई बाटो छाडेर सहयोग गर्छन् भने कतिपयले बाटोनै नछाडी अगाडी गईरहन्छन् । जसको कारण मोटरसाइकल पनि उसकै गतिलाई पछ्याउँदै जानुपर्ने हुन्छ । 


कतिपय यही सडकमा यात्रा गरेको परिणामत: अस्पताल पनि भर्ना हुने गरेका छन् । धुँवा र धूलोमा २.५ पीएमभन्दा साना आकारका कणहरु प्रत्यक्ष रुपमा मानिसको फोक्सोमा पुग्ने हुनाले यसले स्वास्थ्यमा निकै हानी गर्छ । दैनिक बसमा यात्रा गर्नेहरु उकुसमुकुस त्यहि धुलोका बीच यात्रा गर्न बाध्य छन् । बस भित्र गुम्सने धुलोको कारण यात्रा गर्ने बालबच्चादेखि बृद्धबृद्धासम्मलाई निकै सांस्ती हुने गरेको छ । 

ग्रामिण सडकमा भइरहेको धूलोको मुख्य कारण हो, सडक निर्माण । धादिङबेसीबाट अधिंकाश उत्तरी गाउँपालिका जोड्ने यस सडकको स्तरोन्नति जारी छ । सडक निर्माणको काम थालिएको बर्षौं बित्दा पनि निकै ढिलासुस्ती भएका छन् । बिगत लामो समयसम्म निकै पछाडी पारिएको यो सडक १ किलोमिटर पनि पक्कि बनाउन नसक्दा यस भेगका नेताहरु जनतासँग लज्जित छन् । केहि बर्ष अघि पिच गरेझैं गरेको भएपनि १ बर्ष पनि उक्त पीच टिक्न सकेको थिएन । 


पछिल्लो समय भूकम्प पछीको पुनर्निर्माणको कारण दैनिक सवारीको चाप, हेभीवेटका निर्माण सामग्रीहरुको ढुवानी, ग्रामिण सडकमा उच्च वजनका टिप्परहरु संचालन भएका कारण पनि सडकको अवस्था नाजुक छ । त्यसो त सडकको खाल्डा र धुलो छल्न तीव्र गतिमा सवारी चलाउँदा पनि सवारीहरु अनियन्त्रित भएर दुघर्टना बढेका छन् । स्थानीय तहको निर्वाचन पछी बिकासको गतिले फड्को लिएको छ तर उचित व्यवस्थापन हुन सकेको छैन । सडक चौडा बिकास हुने काम भईरहेको हुँदा धुलो नियन्त्रणमा कुनै कदम चाल्न सकेको छैन । साथै विकास हुने आशामा बसेका ग्रामीण जनताहरु दैनिक सांस्ती भोग्न बाध्य छन् । 

सडक छेउछाउ बस्नेहरु अति प्रभावित 

यस भेगका ग्रामिण पसलहरु, घरहरु र घाँसको लागि उपयुक्त रुखहरु सडकको धुलोले सबैभन्दा बढी प्रभावित छन् । सडकमा हिड्नेले केहि समयको सांस्ती होला तर धुलोका कारण सडकको छेउकुनामा बनेका घरहरु गम्भीर खतरामा छन् । हरेक ५/५ मिनेटमा कुद्ने सवारी र उड्ने धुलोको कारण उनीहरुको मात्र नभई पशुचौपायाहरुको स्वास्थ्यमा नकारात्मक समस्या परेको छ । त्यस्तै सडकको झन्डै १०० मिटर तलमाथि पशुलाई खुवाउनुपर्ने घासहरु धुलोको कारण खुवाउन उपयुक्त नहुँदा समस्या परेको प्रभावितहरुको गुनासो छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!