कालिकोटमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु

Posted on: 28 Mar, 2018

चैत १४,कालिकोट । कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रुपमा सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय कालिकोट र जिल्ला सबै स्थानीय तहको समन्वयमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको हो ।

स्वास्थ्य बिमा बोर्डका कपिलदेव अर्यालले जिल्लाका तीन वटा नगरपालिका र ३ वटा गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखीकरण गरेर स्वास्थ्य बिमा कार्यक्रम लागूगरिएको जानकारी दिए । बुधबार जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिकामा सरोकारवालाहरुलाई यसबारे जानकारी दिँदै उनले क्रमशः बाँकी तीन वटा नगरपालिकामा पनि अभिमुखीकरणसहित स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन गरिएको बताए ।

उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउपालिका, पचालझरना गाउँपालिका र शान्नित्रिवेणी गाउँपालिकामा अभिमुखीकरण गरिसकिएको छ । अब जिल्लाको नरहरीनाथ गाउँपालिका, कालिका गाउँपालिका र महावै गाउँपालिकामा तत्काल गर्ने तयारी रहेको छ । स्थानीय तहमा अभिमुखीकरण सकिएपछि सबै स्थानीय तहका प्रत्येक वडाहरुमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी छनोट समिति गठन, अभिमुखीकरणको अभियान थालिने बताए ।

अभिमुखीकरण गरिएका नगरपालिका तथा गाउँपालिकाका वडास्तरमा समिति गठन सुरु भईसकेको जिल्ला स्वास्थ्य कार्र्यालय कालिकोटका सिअहेव कटकबहादुर महतले बताए । उनका अनुसार नेपाल सरकारले निकै प्राथमिकता दिएको स्वास्थ्य बिमा कार्यक्रम स्थानीय सरोकारवालाहरुले पनि सहयोग गर्न आग्रह समेत गरे ।

खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमूख आतिथ्यतामा बुधबार भएको अभिमुखीकरणमा स्वास्थ्य बिमा कार्यक्रमलाई सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, खाँडाचक्र नगर उपप्रमूख बिजया बिष्ट लगायतका सरोकारवालाहरुरले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रमका पाँच जनासम्म सदस्य भएको हरेक परिवारले २ हजार ५ सय र पाँच जना भन्दा बढी सदस्य भएका सयुक्त परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँ थप तिर्नुपर्ने बताईएको छ । जसबाट एक बर्षभरी एक परिवारले ५० हजारसम्मको उपचार सहायता पाउनेछन् । बिमाका लागि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र उपचार गराउने पर्ने बिमा बोर्डले जनाएको छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!