गुल्मी महोत्सवको तयारी पुरा, उद्घाट परराष्ट्रमन्त्रीले गर्ने

Posted on: 29 Mar, 2018

प्रेम  सुनार | चैत १५, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा चैत १६ गते शुक्रवार देखि २५ गते सम्म सञ्चालन महोत्सवको अबसरमा आयोजित पत्रकार सम्मेलन मार्फत सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समिति संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । 

महोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीबाट हुने कार्यक्रम रहेको अध्यक्ष पाण्डेयले जानकारी दिए । महोत्सवमा गुल्मीमा उत्पादित बिभिन्न कृषि जन्य सामाग्रीहरुलाई मुख्य प्रथामिकता दिँदै ढिकी, जातो लगायत लोप उनमुख हुन लागेका बिभिन्न पुराना सामाग्रीहरु प्रर्दशन गरिने संयोजक भलामीले जानकारी दिए ।

बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको छ । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ ।


महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।  महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा १ लाख ५० हजारले अबलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवबाट कुल १२ करोड भन्दा वढी कारोबार हुने अपेक्षा लिइएको छ ।  महोत्सव सम्पन्न गर्नको लागी आगन्तुकहरुलाई स्वागत गर्न भन्दै तम्घास बजार बासीले आफनो घर अगाडी स्वागत ब्यानहरु समेत राखेका छन् ।

महोत्सवमा २ सय ८० स्टल रहने भएका छन् । कुल स्टल मध्ये ४० वटा स्टलहरुमा कृषि जन्य उत्पादित सामाग्रीहरु तथा बिउ बिजनहरु,बाँस तथा निगालो,सेरामिक्सबाट बनेका सामाग्रीहरु राखिने भएको स्टल संयोजक बाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिए ।

अरु बाँकी स्टलहरुमा औधोगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरु राखिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव भुसालले जानकारी दिए ।

तम्घास बजारका बिभिन्न चोक चोकमा व्यानर राखेर महोत्सव सफल पारौ र अगन्तुकलाई स्वागत भन्ने देखिएका व्यानरहरु समेत राखेका छन् ।  महोत्सवलाई मध्य नजर राखेर कार्यक्रम सञ्चालन हुँने स्थान वरिपरि बिभिन्न स्थानका सवारी साधन प्रबेश बारे रुट तय गरिने भएको छ । महोत्सव अबधी भर चिदीचौर खेलमैदानको तल पट्टि र नेपाल टेलिकमको कार्यालय कम्पाउन्ड भित्र मो.सा.पार्किङ स्थलको व्यवस्था मिलाइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक डोरबहादुर कुवँरले जानकारी दिए ।

महोत्सव अवधिभरको लागि मालवाहक हेभि तथा मझौला सवारी साधन ट्रक, टेक्टर, जिपको सम्बन्धमा बिहान ९ः बजेदेखि बेलुका ५ःबजेसम्म नगर तथा वजार क्षेत्रमा माल सामान लोड अनलोड तथा पाकिङ्ग गर्न निषेध गरिएको प्रमुख कुवँरले जानकारी दिए ।

महोत्सवमा थप आकर्षक बनाउनको लागी हेलिकप्टरको व्यवस्था हुने भएको छ । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । महोत्सव अबधी भर मध्ये यहि चैत १७ र १८ गते २ दिन मात्र हेलिकप्टरको व्यावस्था हुने भएकाले अग्रिम टिकट बुकिङ्गको लागी पनि खुल्ला गरिएको पूर्व अध्यक्ष श्रेष्ठले बताए । महोत्सवलाई उद्घाटनमा धेरैलाई सहभागिता गराउनको लागी बिभिन्न संघ संस्था समुह लगायतलाई निमन्त्राण पठाउने काम भइरहेको बाणिज्य संघ गुल्मीका पूर्व अध्यक्ष एबं अतिथी स्वागत समिति संयोजक अखिलेश्वरप्रसाख पाण्डेयले जानकारी दिए ।

महोत्सवको उद्घाटन हुँने दिनको लागी हाल सम्म १२ सय वढि निमन्त्रणा कार्ड पठाएको पूर्व अध्यक्ष पाण्डेयले जानकारी दिए । धेरैलाई निमन्त्राण पठाइएको र यदि निमन्त्रण नपाए पनि गुल्मी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न सबैले उपस्थिती जनाएर सफल बनाउन पूर्व अध्यक्ष पाण्डेयले जानकारी दिए ।  महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।

महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले स्थानिय तह स्तरिय ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन गरिएको थियो । महोत्सव संचिवालय संयोजक एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष एबं महोत्सव मुल आयोजक समिति संयोजक दुर्गाप्रासद पाण्डेयले जानकारी दिए । महोत्सवलाई  तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग हुँने भएको छ ।

चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत  बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!