काठमाण्डौं छाडेर व्यापार गर्न गुल्मी महोत्सवमा

Posted on: 29 Mar, 2018

प्रेम सुनार | चैत १५, गुल्मी | रात्री  वस चढेर गुल्मीको सदरमुकाम तम्घास ओर्लिएका काठमाण्डौका नवराज लामिछाने भोली देखि सुरु हुन गई रहेको  तेश्रो गुल्मी महोत्सवको व्यापारिक स्टलमा अनिद्र थेग्न नसकेर  निदाई रहेका थिए ।

उनि सहित  ताराप्रसाद भण्डारी, रिसु लामिछाने , ताराप्रसाद भण्डारी लगायत एक वस व्यापारिहरु आज विहान काठमाण्डौबाट ओर्लेका थिए  । उनिहरु आज विहान देखि आलो पालो निदाउने र  र स्टल सजाउन मै व्यस्त थिए ।

पोखरा नवलपारासी, रुपन्देही, कपिलवस्तु देखि  सुदरपश्चिमात्तञ्चल र उता विराट नगर, विरगञ्ज देखि पुर्वाञ्चल सम्मका व्यापारिहरुको जमघटले गुल्मी नेपालअधिराज्यमय बनेको महशुस हुन्थ्यो ।

वोलीको लवज पनि फरक फरक थियो । तराईबासीको आ–आफ्नै भाषा थियो भने स्थानका वासीन्दाको भाषा पनि आ–आफ्नै थियो ।  संप्रदायिक विविधता र अपनत्व त्यहाँ झल्कीन्थ्यो । एकले अर्काको घर सोध्ने र परिचय आदन प्रदान गर्ने गरी रहेका थिए ।


व्यापार फरक फरक थियो । दैनिक दुई चार हजारका चनाचटपटे वेच्ने देखि  दैनिक लाखौं व्यापार गर्ने सम्मको जमघट रहेको छ । कसैले म पहिलको गुल्मी महोत्सवमा पनि आएको थिएँ र यहाँको धार्मिक क्षेत्र रेसुङ्गा , रुरु , विचित्र गुफा लगायका स्थानमा त्यस वेलाको महोत्सव सकेर घुम्न गएको बताउँदै थिए । भने कसैले रेसुङ्गा तिर फर्केर लोभ लाग्दो मुद्रमा हेर्दै आहा.. निकै रमणीय रहेछ हामी पनि एक चोटी त्यहाँ जानु पला भन्दै थिए ।

अहिले साँझ अवेर सम्म महोत्सव स्थल सिंङ्गार्नमा ब्यस्त छन आयोजकहरु भने स्टल सजाउनमा भ्याई नभ्याई छन् व्यापारीहरु कुल २ सय ९० वटा स्टल मध्ये ५० वटा  जिल्लाको कृषि , पर्यटन, स्थानिय वस्तुकला प्रदर्शनीका लागि निशुल्क दिईएको र बाँकीबाट १४ लाख आयोजकलाई मुनाफा आउने गुल्मी उद्योग वाणिज्य संघका महासचित ताराप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार उता पिङ्ग, वालउद्यान लगायतको रमाईलो मेलाबाट २० लाख आयोजकले पाउने भएको उनले बताए । यस महोत्सवबाट  १२ करोड देखि १५ करोड सम्म आम्दानी हुने अपेक्षा राखिएको संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक दुर्गाप्रसाद पाण्डेले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!