समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन

Posted on: 29 Mar, 2018

चैत्र १५, अर्घाखाँची | सितगंगा नगरपालिका वडा नं.२ सितापुरमा हेफर इन्टर नेश्नलको सहयोगमा  सामाजिक सेवा तथा विकास केन्द्र नेपाल (सोस्डेक) ले सञ्चालन गरेको वाख्रा वितरण परियोजनाको  समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ । 

कार्यक्रममा प्रगतिशिल स्वाबलम्बी समुहकी अध्यक्ष लक्ष्मी घिमरे, सोमतीर्थ स्वाबलम्वी समुहकी अध्यक्ष  सारदा घिमिरे, पातलटोल स्वाबलम्बी समुहकी अध्यक्ष पेमा क्षेत्री, मिलन चौपारी स्वाबलम्बी समुहकी अध्यक्ष विष्णु अधिकारी, मुलावारी स्वाबलम्बी समुहकी अध्यक्ष गिता वस्नेत, रानीवन स्वाबलम्बी समुहकी अध्यक्ष विना क्षेत्रीले संस्थाले गरेका प्रगति र गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । परियोजनाले ६ ओटा मुल समुह र २६ ओटा उपहार समुह निर्माण गरि काम गरिरहेको छ । परियोजनामा सुरुमा  यि समुहलाई ४ सय ३७ बाख्रा वितरण गरिएको थियो । 

 उनीहरुले अहिले विभिन्न समुहकमा आवद्ध ४२ सय बाख्रा पालन गरेका छन् । परियोजनाले विगत ४ वर्ष देखि  काम गरिरहेको छ । परियोजनाको अन्त्य हुनु भन्दा अघि नै सबै समुहहरुलाई मिलाएर एउटा सहकारी निर्माण गरिने सोस्डेकका अध्यक्ष गंगाराम भुसालले जानकारी दिनुभयो । सहकारीको माध्यमबाट महिलाहरुलाई स्वरोजगार बनाउने परियोजनाको  लक्ष्य रहेको उहाँले बताउनुभयो । यहाँका महिलाहरु हेफरको कार्यक्रमबाट निकै लाभान्वित भएका छन् । कार्यक्रम परियोजना व्यवस्थापन  समितिकी अध्यक्ष पेमा क्षेत्रीको अध्यक्षता र परियोजनाका कार्यक्रम अधिकृत कुल बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!