१८ तस्वीरमा हेर्नुहोस् - गुल्मी महोत्सवको झाँकी

Posted on: 30 Mar, 2018

प्रेम सुनार | चैत १६, गुल्मी | आज विहन करिव ११ वजेबाट सुरु भयो तेश्रो गुल्मी महोत्सवको प्रभातफेरी कार्यक्रम । सदरमुकाम तम्घासको विभिन्न टोल हुँदै गरिएको प्रभातफेरीले सिङ्गो तम्घास गुञ्जायमान थियो ।

पञ्चेवाजा सवै भन्दा  अगाडी थिए भने, त्यसको विच विचमा कतै सोरेठी , कतै भजन कितर्न र लाखे नाच  र अन्य  समुदायका आ–आफ्नै परम्परागत सांस्कृतिका झलकहरु हेर्न र सुन्न सकिन्थ्यो ।

आफ्नै भेषभुषामा सजिएका  हजारौं मानिसको लाम तम्घासको पुतिली वजारको चोक देखि चिदीचौर सम्म थियो । विभिन्न विद्यालय, क्लव, संघ संस्था , विभिन्न गाउँका महिला समुह ,   सरकारी तथा गैह्र सरकारी निकायका प्रतिनिधीहरुको सहभागितामा सुरु भएको प्रभातफेरी विगतका दुई महोत्सवमा भन्दा अझ रमणीय देखिन्थ्यो ।  अव केहि वेरपछि महेन्द्र माध्यामिक विद्यालयमा सजाईएको मञ्चमा महोत्सवको औपचारिक उद्घाटन गर्दै छन् पराराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले । प्रस्तुत छ  प्रभातफेरीका विभिन्न झाँकीहरु ।

तस्वीरमा यस्तो देखियो गुल्मी महोत्सवको झाँकी:- 


यस बिषयमा तपाइको प्रतिक्रिया...!