६१ औ राष्ट्रिय सहकारी दिबसको तयारी पुरा

Posted on: 30 Mar, 2018


कमल सुबेदी | चैत्र १६, पोखरा  | “दिगो बिकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ कास्कीमा  मनाउन लागिएको  ६१ औ राष्ट्रिय सहकारी दिबसको तयारी पुरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानाकारी दिइएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि  राष्ट्रिय सहकारी दिबस मनाउन बिभिन्न समितिहरु गठन गरिएको ६१ औ राष्ट्रिय सहकारी दिबस मुल आयोजक समितिका कास्कीका अध्यक्ष एबम् जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिबारीले  बताए । २०१३ साल चैत्र २० गते नेपालमा सहकारी स्थापना भएको दिनलाइ स्मरण गर्दैै  प्रत्येक बर्ष सहकारी दिबस मनाउदै आइरहेको तिवारीले जानाकारी दिए । कार्यक्रमलाइ सफल बनाउन ७२१ सदस्यीय मुल आयोजक समिति ,२१ सदस्यीय सचिबालय सदस्य र ११ वटा उप समिति बनाइ ५ दिन सम्मको कार्यक्रम गरिने अध्यक्ष तिबारीले बताए ।

दिबसको अबसर पारेर ५ दिनको कार्यक्रम अन्र्तगत  चैत्र १६ गते पत्रकार सम्मेलन ,१७ गते प्रचार प्रसार, १८ गते बृहत रक्तदान कार्यक्रम,१९ गते सरसफाइ ,२० गते प्रभात फेरि ¥याली ,सहकारी सभा र साझ दिप प्रजलनको कार्यक्रम रहेको आयोजकले जानाकारी दिएको छ  । पत्रकार सम्मेलनमा बोल्दै नेप्स्कुन प्रदेश न ४ का संयोजक भिम गुरुङ्गले सहकारीले उत्पादनमुखी र जनजिविकाको सरोकार सँग जोडिएका हरेक कुराको लागि सदैब काम गरेको बताउदै सहकारी   मैत्री कानुन बन्नुपर्नेमा जोड दिए ।  एैले कानुन निर्माण को चरणमा रहेकोले सहकारी मैत्री कानुन निर्माणमा दबाब दिन पनि  यो कार्यक्रम उर्पयुक्त भएको बताए । हाल कास्कीमा ६२९ सहकारी दर्ता भइ कारोबार गर्दै आइरहेका छन् ।  कार्यक्रम को संचालन  जिल्ला सहकारी संघ कास्कीका सचिब धर्मराज अर्यालले संचालन गरेका थिए  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!