पानीघट्टले धान्दै गाउँको भान्छा

Posted on: 01 Apr, 2018

चैत १८, मकवापनुर | कुनै समय नेपाली समदायमा मकै कोदो गहुँलगाएत अन्य पिँध्न घरघरमा जाँतो प्रयोग, धान कुट्न टोलमा कम्तिमा एउटा ढिकी हुन्थ्यो । 

अहिले प्रविधि बिकास र आधुनिकतासँगै हरेकजसो गाउँमा इन्धनबाट चल्ने मिलको प्रयोग हुन थालेपछि गाउँघरमा प्रयोग हुने परम्परागत ढिकीजाँतो लोप हुने अवस्थामा छ । अझ मकै पिध्ने पानीघट्ट प्रयोग हुने गर्दथ्यो । अझै पनि बुढापाका ढुंगाको जाँतो र पानीघट्टमा पिधेको मकैको ढिडो मीठो मान्छन’ । तर यी सवै परम्परागत सामाग्री अबका पुस्तामा लागि इतिहास जस्तै हुने अवस्थामा पुगेको छ । 

शहर बजारमा जन्मे हुर्केकाका लागि त पानीघट्ट देख्न नौलो मात्र होइन अचम्म नै लाग्न सक्छ । सुगम जिल्लामा रुपमा चिनिने मकवापनपुरको विकट राक्सिङ गाँउपालिका वडा नं ९ अठारेका अधिककांश मानिसले मकै पिध्न पानीघट्ट प्रयोग गर्दै आएका छन् । त्यही पानीघट्टामा पिधिएको मकैले गाँउको भान्छा धानेको छ ।


- आजको हेटौडा शन्देशमा खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!