सन्धिखर्क साना सहरी खानेपानिकाे चौथो अधिबेसन

Posted on: 08 Apr, 2018

चैत्र २५, अर्घाखाँची | सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्था अर्घाखाँचीको पाँचौ साधारण सभा तथा चौथो अधिबेसन संस्थाको कार्यालय देउराली डाँडामा शनिबार उद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले पानसमा दिप प्रज्वलन् तथा व्यानर अनावरण गर्दै उद्घाटन गर्नु भएको थियो । 

कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, प्रदेस सभा समानुपातिक सदस्य निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार वि.क, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, संस्थाका संस्थापक अध्यक्ष धर्मराज अधिकारी, ने.क.पा एमालेका कार्यवाहक अध्यक्ष जिवनारायण कोईराला, नेपाली काग्रेसका सभापति विष्णु प्रसाद खनाल मुस्कान, ने.क.पा माओवादी केन्द्रकी सह–संयोजक छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेस सदस्य शेर बहादुर वि.सी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।


कार्यक्रममा संस्थाको प्रगतिबेदन सचिव पशुपति ढकाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण अर्यालले प्रस्तुत गर्नुभएको थियो । उद्घाटन सत्रको कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नेत्र भट्टराईको स्वागत तथा वरिष्ट उपाध्यक्ष राम बहादुर रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।

संघको व्यवस्थापन, नयाँ कार्य समिति चयन तथा आगामी कार्यक्रमको योजनाको लागि अहिले वन्द सत्र जारी रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!