यस्तो छ प्रदेश ५ को नीति तथा कार्यक्रम (पूर्ण पाठ हेर्नुहोस्)

Posted on: 08 Apr, 2018

चैत २५, बुटवल | प्रदेश ५ को सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश प्रमुख उमाकान्त झाले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा पर्यटन र कृषिलाई प्राथमिकतामा राखिएको छ । राष्टिय गौरवका योजनादेखि स्थानीय तहमा सञ्चालित योजनामा प्रदेश सरकारले मध्यस्तता गर्ने र समयमै आयोजना सक्न निगरानी गर्ने कार्यक्रम ल्याएको छ ।

यसै नीति कार्यक्रममा आधारमा सरकारले चैत २९ गते बजेट ल्याउँदैछ । त्यो बजेट आयोजनाको सम्भाव्यता अध्ययनमा खर्च हुने सरकारले जनाएको छ ।


नीति कार्यक्रम मुख्यमन्त्री शंकर पोखरेलले सदनमा टेबल गरेका छन् । छलफलपछि मात्रै नीति कार्यक्रम पारित हुनेछ ।

 नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!