बेतकोट नगरपालिका ६ मा सरसफाई सम्बन्धि घरदैलो अभियान

Posted on: 08 Apr, 2018

भास्कर के.सी | चैत २५, कञ्चनपुर | बेतकोट नगरपालीका वडा नम्बर ६ सिसैया भमकेश्वर टोलमा वडा कार्यालयबाट वडाध्यक्ष फट्टेराम राना र सेवक नेपाल कर्मचारीले पुर्ण सरसफाई सम्बन्धि संयक्त रुपमा घरदैलो गरेका छन् । 

करिब ५० घरदुरीमा शौचालय अनुगमन गरेर १५ घरमा शौचालय भत्केका  र केहि व्यक्ति शौचालय प्रयोग नगर्ने पाईएको छन । वडाध्यक्षले आफ्नो वडामा रहेका सम्पुर्ण घरमा शौचालय सबैले प्रयोग गर्नु पर्ने बताए । नेपाल सरकारबाट सञ्चालित सरसफाईलाई विशेष प्रथमिकतामा राख्ने, भत्केका शौचालय पुनः निर्मााण नगरे वडा कार्यालयबाट पाउने सेवा सुविधा जस्तै वृद्ध भत्ता। नागरिता, सिफरिस जन्म दर्ता, मृत्यु दर्ता जस्ता सेवाबाट वञ्चित गरिने उनको भनाई रहेको छ । वडामा रहेको दुई जना महिला सदस्य सहित तीन पुरुषलाई समेत पुर्ण सरसफाई सम्बन्धि सेवक नेपालको कर्मचारीसँगै अनुगमन गर्ने वडाध्यक्ष रानाले बताए । 

त्यसै गरि वडाध्यक्ष रानाले अब आउने दिनेमा बेलाबेलामा घरदैलो र शौचालय उत्त वडामा रहेको सरकारी तथा गैर सरकारी विद्यालयमा समेत अनुगमन गरिनु साथै केहिदिनमा पछि सिशैया बजार क्षेत्रमा  सरसफाई सम्बन्धि जानकारी गराई फोहोर मैला व्यवस्थापन गरिने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!