समृद्धिको ढोका खोल्न सडकलाई पहिलो प्राथमिक हुनुपर्ने सासंद बोहराको भनाइ

Posted on: 14 Apr, 2018

लोकेन्द्र प्रशाद जोशी | बैशाख १, दार्चुला । दार्चुला जिल्लाबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्बाचित सासंद गेल्बुसिह बोहराले जिल्लाको समग्र बिकास र समृद्धिको ढोको खोल्न सडक निमार्णलाइ पहिलो प्रार्थमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउँनुभएको छ । 

दार्चुला तिकंर सडक, जिल्लाको बिभिन्न गाउँपालीका नगरपालीका जोड्ने रणनितिक महत्तका क्षेत्रिय सडकहरु र बिभिन्न शाखा सडक निमार्णलाइ तिब्रता दिन सके बिकासका अरु सम्भाबनाहरु बढ्दै जाने बताउँनुभएको हो । सासंद बोहराले प्रदेशको अल्पकालिन बजेटबाट समेत आफुले जिल्लाको सडक, कृर्षि, खानेपानी, सिचाइ लगायत बिभिन्न क्षेत्रका कार्यक्रम बिनियोजन गर्नकोलागि पहल भइरहेको बताउँनुभयो । 

दार्चुलाको तिंकर नाका सञ्चालनमा ल्याउन र तिकंर सडकलाइ तिब्रता दिन बिभिन्न क्षेत्रसंग पहल भइरहेको बताउँनुभयो । तिंकर नाकालाई चीनसँग धार्मीक र पर्यटकिय नाकाको रुपमा विकास गर्न सके दार्चुलासंगै सिगों प्रदेश नम्बर ७ को बिकासमा टेवा पुग्ने उहाँको धारणा छ । बिगतदेखी विस्पोटक पदार्थको अभावमा सडक विस्तारको काम सुस्ताएको बिषयमा रक्षा मन्त्रालय लगायत सरोकारवालाहरुको ध्यानआकर्षण गरीएको भन्दै उहाँले बिष्पोटक पदार्थको बैकल्पीक ब्यबस्थापन गरेर भएपनि सडक निमार्णको तिब्रताकालागी पहल भइरहेको बताउँनुभएको छ । 

जिल्लाको ब्यास, अपिहिमाल लगायत क्षेत्रमा सडक पुर्याउँन सके धार्मीक, पर्यटकिय बिकासको ढोका खुल्ने सासंद बोहराको धारणा छ । पहिलो प्रार्थमिकता सडकलाइ दिएर त्यसपछि बिद्युत, कृर्षि लगायत सबै क्षेत्रको बिकासमा आफुहरुको प्रार्थमिकता रहने उहाँको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!