बझाङमा एकै दिन २ महोत्सव सुरु

Posted on: 15 Apr, 2018

टेकेन्द बोहरा | वैसाख २, बझाङ | बझाङ जिल्लामा एकै दिन २ महोत्सव सुरु भएका छन । जिल्लाको सदरमुकाम चैनपुरको सिमखेतमा र केदारसिउ गाँउपालीकाको झोतामा धार्मिक तथा सास्कृतिक महोत्सव सुरु भएको हो ।

सुन्दर सुदुर पश्चिमको मुहान, कला संस्कृती र सम्पदाको पहीचालन भन्ने मुल नाराका साथ बैशाख १ गते देखी महोत्सव संचालन भएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बझाङको आयोजनामा महोत्सव संचालन भएको लोक तथा दोहोरी गित प्रतिष्ठान बझाङका अध्यक्ष तथा गायक उमा संकर जोशीले बताउनु भयो । 

दोस्रो बझाङ महोत्सवका संयोजक नरेन्द्र खड्को अध्यक्षतामा संचालन भएको उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुर्व बन मन्त्रि भानु जोशी रहनु भएको थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

बझाङ जिल्लाको स्थानिय खेलमा  डेउडा, फाग, मागल, भुवा तथा भस्सो नाच, भारी खेल लगायतको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरीएको अध्यक्ष उमा शंकर जोशिले जानकारी दिनु भएको छ । 

विषेश जोड पुरानो कला संस्कृतीलाई दिईने समेत उहाँले बताउनु भयो । यसका साथै राष्ट्रिय कलाकारहरु शिब संकर रिजाल (जोगीन्दुर), लोक दा्होरी गाएक, राजेन्द्र कडेल, बद्री पंगीनी,रामजी खाँड,उमाशंकर जोशी,राधीका हमाल, लोक पक गाएक दुर्गेश थापा, लोक डेउडा गाएक टंक तिमेल्सेना, , जीवन भट्राई,रामजी कुकार नेपाली, अनुजा कुडाशैनी सन्जु न्यौपाने, आधुनीक गाएक हेमन्त सर्मा, आदीको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!