नेपाल र चीन जोड्ने रेलमार्गबारे 'ओबर'मा सहमति

Posted on: 18 Apr, 2018

वैशाख ५, बेइजिङ । नेपाल र चीनबीच जोड्ने वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन दुवै देश सहमत भएका छन् । भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले र चीनका समकक्षी वाङ यीलाई भेटि यस्तो सहमति गरेको हो । 

परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने पनि सहमति भएको छ । चीनले क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क बन्नेमा विश्वास व्यक्त गर्दै भारतलाई समेत यसमा जोडिन आव्हान गरेको छ । चीनले ओबर सहमति पछि नेपाल, भारत र चीनको समृद्धिमा ठूलो सहयोगी बन्ने समेत बताएको छ ।

यस्तै चीनले नेपालको विकासका लागि दुई ठूला छिमेकीबीच साझा धारणा हुनु पर्नेमा जोड समेत दिएको छ । विदेशमन्त्री वाङले चीन, नेपाल र भारत प्राकृतिक रुपमा नै मित्र र साझेदार भंएको भन्दै छिमेकी देशले एकअर्काको भलो चाहेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!