आज सुनको मूल्य तिन सयले बढ्यो

Posted on: 19 Apr, 2018

बैशाख ६ काठमाण्डौ | नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ | 

बुधबार प्रतितोला ५९हजारमा कारोबार भएको छापावाला सुन मुल्य आज प्रतितोला ३ सयले बढेर ५९ हजार ३ सयमा कारोबार भैरहेको छ |

त्यस्तै बुधबार प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको तेजावी सुनको मूल्य पनि आज बढेर ५९ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ | 

चाँदी पनि २० रुपैंयाले बढेर प्रतितोला ७ सय ८० मा कारोबार भैरहेको छ | बुधबार चाँदी ७ सय ६० रुपैंयामा कारोबार भएको थियो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!