मोदी गाउँपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ति गर्ने खेल शुरु

Posted on: 21 Apr, 2018

वैशाख ८, पर्वत । मोदी गाउँपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ति गर्ने खेल शुरु भएको छ । कृषकहरुलाई अनुदानको लागि खरिद गरिएको पावर मिनि टेरलमा आर्थिक चलखेल गरेको कुरा सेलाउन नपाउँदै फेरी अर्को चलखेल शुरु भएको हो ।

गाउँपालिकाको उच्च पदमा बसेका पौडेलले उपाध्यक्ष सेती महतलाई समेत जिम्मेवारीबाट अलग्गाएर एकलौटी निर्णय गर्दै आएका थिए ।  उनले कुनै पनि निर्णय उपाध्यक्षलाई जानकारी नगराउने गरेको स्वयं उपाध्यक्षले गुनासो गरेकी थिइन ।


गाउँपालिकाको लागि इन्जिनियर आवश्यक परेको मौका छोपी एक जनाको माग गरी दुइ जना इन्जिनियर राखी गाउँपालिकालाई आर्थिक भार थपेका छन् । त्यसमाथि पनि आफ्नै भान्जी दिपा सुवेदीलाई भत्र्ति गरेर गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले आफ्नो पदको दुरुपयोग गरेका छन् ।

एकपछि अर्को गलत निर्णय गर्दै अगाडी बढेका अध्यक्ष पौडेलले भान्जीलाई गाउँपालिकाको कर्मचारीमा भत्र्ति गरी आगामी बाँकी ४ बर्षमा गाउँपालिकालाई राजनीतिक कार्यकर्ता, आसेपासे, आफन्तको भत्र्ति केन्द्रको रुपमा विकसित गर्ने देखिएको छ ।

अध्यक्ष पौडलसँग यस विषयमा कुरा गर्न उनले कार्यलय समयमा आएर बुझ्न भन्दै कुरा टारे । हामीले कार्यालय समयमानै १०।२९ मा फोन गरेका थिर्यौ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!