कालिकोटको तिलगुफा-३ मा पहिलो पटक गाडि पुगेपछि खुशीयाली

Posted on: 21 Apr, 2018

वैशाख ८, कालिकोट | तिलागुफा नगरपालिका वडा नं ३ मा पहिलो पटक गाडि पुर्याइएको छ । राँचुलीको रताडदेखि फोईमहादेवको फोईपिपल गौडासम्मको करिब ४ किलोमिटर सडकको उद्घाटन गरिएको छ । 

तिलागुफा नगरपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता तथा तिलागुफा नगरपालिकाका नगरप्रमुख रतनबहादुर शाहीको विशेष आतिथ्यतामा सडक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

तिलागुफा नगरपालिका र ३ नं वडाको ३० लाख, कर्णाली रोजगार कार्यक्रमको १९ लाख गरि जम्मा ४९ लाखको लागतमा सडक निर्माण गरि शुक्रवार पहिलो पटक ४ वटा गाडि फोईमहादेव पुगेका छन् । गाडि पुगेपछि तिलागुफा नगरपालिकका वडा नं ३ का स्थानीयबासीले फुलमाला अवीर सहित भव्य स्वागत गरेका छन् । उक्त उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथि दुर्गबहादुर रावतले देशको शासनसता परिवर्तन गरि सिंहदरवार घरघरमा कार्यान्वयन को चरणमा रहेको बताए ।

शिक्षा र स्वास्थ्य भन्दा पनि यहाँका ११ वटै वडालाई सडक सञ्जालमा जोड्ने निर्णयसंगै फोईमहादेवमा सडक पुगेकाले आफु खुसि भएको बताए । उनले तिलागुफा नगरपालिका कम्युनिष्टले जितेकाले यहाँको बिकास र जनजीवन मा सुधार आउने उल्लेख गरे । ५ वर्षको समयमा आफुले शिक्षा स्वास्थ्य बाटो लगायतका कुरालाई संसदमा उठाउने बताए । कालिकोटलाई अबको ५ वर्षभित्र नमुना जिल्लाका रूपमा परिवर्तन गर्न लागिपर्ने प्रतिवद्वता व्यक्त गरे । तिलागुफाका महादेव माविलाई नमूना उमाविमा रूपमा चिनाउन आफुले पहल गर्ने बताए ।

उद्घाटन कार्यक्रम बोल्दै नगर प्रमुख रतनबहादुर शाहीले बिकास सुशासनलाइ पहिलो प्राथमिकता दिने बताए । उनले नगरपालिकाले शिक्षा स्वास्थको स्तरोन्नतीका लागि लागिपर्ने बताए । आफ्नो ५ बर्षे कार्यकाल को १ बर्ष बितिसकेकाले अबको ४ बर्षमा नगरलाई नमुना नगर बनाउने बताए । त्यस्तै नगर उपप्रमुख दन्ता नेपालीले फोइमहादेवमा अबको एक बर्षभित्र विद्युतसंग जोड्ने बताए ।

यसरी ४ वटा गाडिसंगै फोईमहादेव पुग्ने आफुले कल्पना पनि नगरेको तिलागुफा नगरपालिका वडा नं ३ का स्थानीय तुलसरा शाहीले बताईन् । उनले लामो समयको प्रयासपछि फोईमा गाडि पुगेकाले आफु निकै हर्षित भएको बताए । त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै महेन्द्र बहादुर शाहीले बाटोको स्तरोन्नतीका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले ४ किलोमिटर बाटोको रेखदेख गर्नका लागि दुई जनालाई १२ हजारका दरले तलब दिएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!